Comments Add Comment

सुनिल क्षेत्री बने भारतका उत्कृष्ट फुटबलर

१४ पुस, नयाँदिल्ली । राष्ट्रिय टोलीका कप्तान सुनिल क्षेत्री यो वर्षको भारतका उत्कृष्ट फुटबलर घोषित भएका छन् ।

बेङ्ग्लुरुका कप्तान समेत रहेका उउनले एआईएफएफ प्लेयर अफ दि इयर अवार्ड हात पारेका हुन् ।

आई लिग प्रशिक्षकहरुको मतका आधारमा क्षेत्रलाई यो अवार्ड प्रदान गर्ने निर्णय गरिएको अल इण्डिया फुटबल फेडेरेसनले जनाएको छ ।

उनले २०१३ मा पनि यो अवार्ड जितेका थिए । साथै चार वर्षमा उनको यो तेस्रो अवार्ड समेत हो ।

३० वर्षका सुनिलले यो अवार्डले आफूलाई खेलमा थप केन्द्रित हुन हौसला मिलेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment