Comments Add Comment

मेस्सीको कीर्तिमान सेलिब्रेसन जनवरी ११ मा

messi

१३ पुस, काठमाडौं । बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेस्सीले बनाएको ला लिगाको सवार्धिक गोल कीर्तिमानको आगामी जनवरी ११ मा ‘सेलिब्रेसन’ गरिने भएको छ ।

मेस्सीले गत नोभेम्बर २२ मा बार्सिलोनालाई ५-१ को जित दिलाउने क्रममा सेभिल्लाविरुद्ध हृयाटि्रक गर्दै जाराको नाममा रहेको २५१ गोलको कीर्तिमान भङ्ग गरेका थिए ।

जनवरी ११ मा नाउ क्याम्पमा बार्सिलोना र एथ्लेटिको मड्रिड खेल्दा मेस्सीलाई सम्माना गरिने तय भएको गोल डटकमले जनाएको छ ।

यसअघि डिसेम्बर २० मै सेलिब्रेसनको तयारी भएको थियो, तर, मडि्रड फ्यानसँगको झडपमा घाइते भएका डिपोर्टिभो समर्थकको मृत्यु भएपछि मेस्सीको कीर्तिमान सेलिब्रेसन रोकियो ।

अब जनवरी ११ मा विशेष समारोहका साथ मेस्सीको कीर्तिमान सेलिब्रेसन गरिने तय भएको छ ।

सन् २००४ मा स्पेनिस ला लिगामा डेब्यू गरेका मेस्सीले २५८ गोल गरेका छन् । उनी च्याम्पियन्स लिगका समेत सर्वाधिक गोलकर्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment