Comments Add Comment

मेलवर्न टेष्टमा कोहली र रहानेको शतक

Virat-kohli

१३ पुस, काठमाडौं । विराट कोहली र अजिन्क्या रहाणेको शतकको मदतमा भारतले अष्ट्रेलियाविरुद्ध मेलवर्न टेष्टको तेस्रो दिनको खेल सकिँदासम्म ४६२ रन बनाएको छ ।

तेस्रो दिनको खेल सकिँदासम्म भारतले ८ विकेट गुमाएको छ र अझै ६८ रनले पछि परेको छ । घरेलु टोली अष्ट्रेलियाले पहिलो पारीमा ५३० रन बनाएको थियो ।

एक विकेटको क्षतिमा बनाएको १०८ रनबाट भारतले तेस्रो दिनको खेल थालेको थियो । कोहली १६९ रनमा आउट भए । उनी आउट भएसँगै तेस्रो दिनको खेल सकियो ।

उनले अजिन्क्यासँग मिलेर चौथो विकेटका लागि २६२ रनको साझेदारी गरे । अजिन्क्या १४७ रनमा आउट भए ।

विराट र अजिन्क्याको साझेदारी टुटेपनि भारतको व्याटिङ लाइन लरखरायो । चाथौ विकेटका रुपमा रहाने आउट हुँदा भारतको ४०९ रन थियो । तर, टी ब्रेकपछि लगातार विकेट गुम्यो ।

कप्तान महेन्द्र सिंह धोनी ११ रजिचन्द्रन अश्विन शुन्यमै आउट भए ।

अष्ट्रेलियाका रायन हृयारिसले ६९ रन दिएर चार विकेट लिए । नाथन लायनले दुई तथा मिचेल जोनसन र शेन वाट्सनले समान १-१ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment