Comments Add Comment

विवाद थाती राख्दै संविधान जारी गरौं : बिजुक्छे

१७ पुस, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रदेश, शासकीय स्वरुप र स्थानीय निकायको विवादलाई थाती राखेर अरु विषयमा सहमति गरेर संविधान जारी गर्न सकिने बताएका छन् । रफत सञ्चार क्लबले विहीबार भक्तपुरमा गरेको अन्तरक्रियामा उनले सो धारणा राखेका हुन् ।

NARAYANMAN Bijukchheविजुक्छेले भने – ‘जसरी थालभरिको तातोभात एकैपटक खान खोज्दा समस्या आउँछ, एकएक गाँस गरेर खाए सजिलै सकिन्छ, त्यसैगरी संविधानमा सहमति भएका विषयलाई बुँदागत रुपमा समेटेर लैजाने र सहमति नभएका विषयलाई पछि छलफल गर्दै लैजाने विकल्पमा जानुपर्छ ।’

माघ ८ गते संविधान नआए पनि देशमा कुनै समस्या नआउने बताउँदै उनले जसरी अहिले देश चलेको छ माघ ८ पछि पनि अन्तरिम संविधानकै भरमा देश सहज रुपमै चल्ने दाबी गरे । दलहरुबीच प्रक्रियामा जाने सहमति भए माघ ८ मै संविधान जारी गर्न सकिने तर सहमति नभए माघ ८ मा संविधान जारी नहुने उनको भनाइ थियो ।

दोस्रो संविधानसभापछि आठ दलीय मोर्चा विघटन भएकै कारण अहिले उपद्रो मच्चिएको बताउँदै उनले आठ दलीय मोर्चालाई फेरि ब्युँझाएर सहमतिको प्रयास गर्नुपर्ने खाँचो औँल्याए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment