Comments Add Comment

टोटनह्यामसँग चेल्सीको नमिठो हार, उपाधि होड खुला

Harry Kane

१८ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिगलिडर चेल्सीले टोटनह्यामसँग नमिठो हार व्यहोरेको छ ।

सन् २०१५ को पहिलो दिन बिहीबार राति भएको खेलमा चेल्सी टोटनह्यामसँग ५–३ गोलअन्तरले पराजित भएको हो ।

यससँगै म्यानचेष्टर सिटीका लागि प्रिमियर लिगको उपाधि होड खुला भएको छ । उसले सण्डरल्याण्डलाई ३–२ ले हराउँदै चेल्सीसँग समान ४६ अंक बनाएको छ ।

टोटनह्यामको घरेलु मैदानमा भएको खेलमा चेल्सीले १८ औं मिनेटमा डिएगो कोष्टाको गोलबाट अग्रता लिएको थियो । तर, ३० औं मिनेटमा ३० औं मिनेटमा ह्यारी केनले बराबरी गोल गरे ।

४४ औं मिनेटमा रोसीले गोल गरे भने लगतै पहिलो हाफको अतिरिक्त समयको अन्तिममा ग्यारी काहिलले कानेलाई लडाएपछि टेटनह्यामले पेनाल्टी पायो, जसमा टाउनसेन्डले सहज गोल गरेपछि घरेलु टोली पहिलो हाफमा ३–१ को अग्रता लिन सफल भयो ।

५२ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरे । ६१ औं मिनेटमा हजार्डले गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने संकेत गरे ।

तर, ७८ औं मिनेटमा केनको पासमा चाड्लीले गोल गर्दै टोटनह्यामलाई ५–२ को अग्रता दिलाए ।

८७ औं मिनेटमा जोन टेरीले गोल गरेपनि चेल्सीको हार टार्न सकेनन् र टोटनह्यामलाई ५–३ ले नजिता सुम्पिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment