Comments Add Comment

जेरार्डले सिजनको अन्त्यमा लिभरपुल छाड्ने

Steven-Gerrard

१८ पुस, काठमाडौं । लिभरपुलका कप्तान स्टफेन जेरार्डले सिजनको अन्त्यमा क्लब छाड्ने भएका छन् ।

३४ वर्षीय जेरार्डको सम्झौता सिजनको अन्त्यमा सकिनेछ । लिभरपुलले गत नोभेम्बरमा नै नयाँ सम्झौता प्रस्ताव गरेको थियो ।

लिभरपुलका मिडफिल्डर जेरार्ड अमेरिकी क्लब एलए ग्यालेक्सी जाने अनुमान गरिएको छ । यसबारे जेरार्डको औपचारिक घोषणा आज शुक्रबार आउने सम्भावना छ ।

जेरार्ड सन् १९९८ मा लिभरपुलबाट डेब्यू गरेका थिए । त्यसपछि उनी लगातार लिभरपुलमा छन् । २००३ अक्टोबरमा कप्तान बनेका उनले २००५ मा क्लबलाई च्याम्पियन्स लिगको उपाधि दिलाए ।

एसीमिलानले पहिलो हाफमा ३–० को अग्रता लिएको अवस्थामा दोस्रो हाफमा लिभरपुलले उत्कृष्ट कमब्याक गरेको थियो । पहिलो गोल जेरार्डले नै ५४ औं मिनेटमा गरेका थिए । निर्धारित समयको खेल ३–३ को बराबरी भएपछि पेनाल्टीमा लिभरपुल विजयी भएको थियो ।

जेरार्ड टीमा रहँदा लिभरुिलले युइफए कप, दुई पटक एफए कप, तीन लिक कप र एक पटक कम्युनिटी सिल्डको उपाधि जितेको थियो ।

इंग्ल्याण्डका पूर्वकप्तान समेत रहेका उनले ब्राजिल विश्वकपपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment