Comments Add Comment

हिन्दू राज्यका लागि राप्रपा नेपालले शक्ति प्रदर्शन गर्दै

१८ पुस, काठमाडौं । हिन्दू राज्य स्थापनाको माग गर्दै राप्रपा नेपालले सञ्चालन गरेको मेची-महाकाली रथयात्रा शुक्रबार सम्पन्न हुँदैछ । खुल्लामञ्चमा विशाल सभाको आयोजना गरि रथयात्रा अभियान समापन गरिने राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

RATH-YATRA-OF-RPP-NEPAL
मेची महाकाली अभियानमा रहेको रथ बिहीबार काठमाडौं भित्रिएको थियो । उक्त आज भक्तपुरबाट कोटेश्वर, सातादोबाटो हुँदै जावालाखेलमा पुर्‍याएर सभा गरिने श्रेष्ठले बताए । जावालाखेलबाट कलशयात्रासहित पैदल रथयात्रा हुनेछ ।

पैदल रथयात्राका लागि त्रिपुरेश्वरमा पाँच हजार महिला कलस यात्री तयार पारिएको राप्रपा नेपालले जनाएको छ ।

त्रिपुरेश्वरबाट पहिले कलश बोकेका महिला त्यसपछि मेचीकाली अभियानमा रहेको रथ र पछि पैदलसहितको टोली खुल्ला मञ्चमा पुग्नेछ । खुल्लामञ्चमा तीन घन्टा कार्यक्रम गरेपछि उक्त टोलीले पशुपतिनाथ मन्दिर गइ मेची र महाकाली नदीको पानी बागमती नदीको पानीमा मिलाएर पशुपतिनाथको जालभिषेक गरेपछि हिन्दु राष्ट्र निर्माणमा राप्रपा नेपालले सञ्चालन गरेको रथयात्रा समापन हुनेछ ।

हिन्दू राज्य स्थापनाको लागि दबाब दिन भन्दै राप्रपा नेपालले पुस ९ गतेदेखि झापाबाट रथयात्रा सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment