Comments Add Comment

मस्यौदा बनाउन नेम्वाङलाई दिनुपर्ने कांग्रेसको निर्णय

१८ पुस, काठमाडौं । नेपाली कांग्रेसले नयाँ संविधानको मस्यौदा बनाउने जिम्मा आफूलाई दिन संविधानसभा अध्यक्ष सुवास नेम्वाङले गरेको प्रस्ताव स्वागतयोग्य भएको निष्कर्ष निकालेको छ । उसले सोही प्रस्तावलाई स्वीकार्न विपक्षी दलहरुलाई आग्रहसमेत गरेको छ ।

Nepali Congressविहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेम्वाङले दलहरुबीच सहमति नजुट्ने हो भने मस्यौदा निर्माणको जिम्मा आफूलाई दिन आग्रह गरेका थिए ।

शुक्रबार विहान बसेको कांग्रेस पदाधिकारी बैठकले नेम्वाङको सो प्रस्ताव सही भएको औपचारिक निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले माघ ८ मै संविधान जारी गर्नुपर्ने भएकाले सहमतिमा आउन विपक्षी एमाओवादी, मधेसी मोर्चा लगायत दललाई आग्रह गरेको छ ।

यसबारे शुक्रबार नै एमालेसँग छलफल गर्ने बैठकले निर्णय गरेको छ । त्यसपछि सत्ता साझेदार दलहरुको साझा धारणा बनाएर अपरान्ह एमाओवादी र मोर्चासँग छलफल गर्ने कांग्रेसले जनाएको छ ।

नेम्वाङले कालकूट विष पीउन तयार रहेको भन्दै मस्यौदा जसरी भए पनि बनाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment