Comments Add Comment

नेम्वाङले अधिकार माग्नु झूटको खेती मात्र : आचार्य

१८ पुस, काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले संविधानसभा अध्यक्ष सुवास नेम्वाङकै कारण माघ ८ मै संविधान नआउने दाबी गरेका छन् ।

Bhimarjun-achryaसंविधानसभा नियमावालीले सभाध्यक्षलाई प्रयाप्तअधिकार प्रत्याभूत गरेको भन्दै उनले दलहरुसँग थप अधिकार माग्नुको पछाडि संविधान नल्याउने खेल भएको बताए ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा आचार्यले भने-‘कुनै पनि देशमा सभामुखलाई दलीय सहमतिबाट थपअधिकार दिइएको र त्यसरी संविधानबनेको नजिर छैन । सभामुखले अधिकार माग्नु भनेको झूठको खेती मात्रै हो ।’

संविधासभाको नियमावलीको नियम १७० र १७१ ले सभामुखलाई बाधा अड्काउ फुकाउने अधिकार र नियमावलीको व्याख्या गर्ने अन्तिम अधिकार दिएको भन्दै उनले साहीअनुरुप अघि बढेमात्र संविधानसभाले संविधान जारी गर्ने दाबी गरे ।

सभाध्यक्षको प्रस्तावलाई सत्तापक्षले महान कदम भन्दै स्वागत गर्नु र प्रतिपक्षीले विरोध गर्नुको कुनै तुक नरहेको र नियतै संविधान नबनाउने भएको उनाले बताए । उनले भने-‘संविधान माघ ८ मै नबनाए पनि भयो तर, जनतालाई यसरी झुठो बोल्नु हुँदैन ।’

कार्यक्रममा नेपाल बार एशोसियसनका अध्यक्ष हरिकृष्ण कार्कीले नेम्वाङले अघि सारेको प्रस्ताव समयमै संविधान जारी गर्न मार्गदर्शन भएको बताए । उनले भने-‘दलहरुबीच तत्काल विषयवस्तुमा सहमति हुन सकेन भने माघ ८ मा संविधान जारी हुनै सक्दैन । त्यसैले सभामुखको प्रस्तावलाई स्विकार गरेर सहमति निर्माण गरेमा अझै संविधान आउन सक्छ ।’

बरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले नियमावलीले नै सभामुखलाई अधिकार दिएको भन्दै दलहरुसँग मागिरहनुको कुनै अर्थ नरहेको टिप्पणी गरेका छन् ।

कार्यक्रममा अर्का अधिवक्ता सुरेन्द्र महतोले सभामुखको प्रस्तावले फास्ट ट्रयाकबाट भएपनि माघ ८ मै संविधान जारी गर्ने विश्वास बढाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment