Comments Add Comment

संविधानका विवाद मिलाउन कांग्रेस ‘हदैसम्म लचक’

२१ पुस, काठमाडौं । नेपाली काँग्रेसले माघ ८ मा संविधान जारी गर्नुको विकल्प नरहेको ठहर गर्दै सबै दलहरुलाई गम्भीर र जिम्मेवार बन्न आग्रह गरेको छ । संविधान जारी गर्नका लागि राजनीतिक दलहरुसँग वार्ता र संवाद जारी राख्ने कांग्रेसले जनाएको छ ।

Nepali_Congressप्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकले सकेसम्म सहमतिबाट र सहमति नभए प्रक्रियामा गएर भए पनि नयाँ संविधान जारी गर्नुपर्ने निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सहमतिको लागि कांग्रेस अधिकतम लचकताका साथ प्रस्तुत हुने जानकारी दिए ।

‘शासकीयस्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली एवम् राज्यको पुनःसंरचनाका विषयमा लचकता अपनाउन कांग्रेस तयार छ,’ बैठकपछि उपसभापति पौडेलले भने, ‘माघ ८ मा नयाँ संविधान जारी गर्न कांग्रेसले पहल जारी राखेको छ ।’

उनले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा कांग्रेस, एमाले र राप्रपाले प्रस्तुत गरेको ९ बुँदाभित्रैबाट सहमति खोज्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment