+
+

मालपोत अधिकृतलाई कालोमोसो : ठीक कि बेठीक ?

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २२ गते ८:५२

चाबहिलको धोबीखोला किनारमा रहेको ५ रोपनी ११ आना सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको भन्दै काठमाडौं ४ का स्थानीय जनताले डिल्लीबजार मालपोत कार्यालयका प्रमुख गोपाल गिरीलाई कार्यकक्षमै पसेर सोमबार कालो मोसो दले ।

kalomosoमालपोत अधिकृतलाई कार्यकक्षमै पसेर मोसो दलेपछि कर्मचारीहरुले असुरक्षा भएको भन्दै काम ठप्प पारेका छन् । स्थानीयवासीले चाँहि पटक-पटक आग्रह गर्दा पनि मालपोत कार्यालयले नसनी भूमाफियाको मात्रै कुरो सुनेपछि आक्रोशमा आएर मोसो दलेको बताएका छन् ।

गोकर्णेश्वर पाञ्चाङ्ग गुठीका नाममा पूर्णबहादुृर थापाले आफ्नो बनाएको उक्त जग्गा आनाको १६ लाखसम्म मूल्य पर्छ । सो जग्गा नेपाल सरकारको निर्णयअनुसार आफूले गुठीका नाममा दर्ता गरिदिएको मालपोत अधिकृत गिरीको तर्क छ । तर, मुख्य सचिवले निर्णय कार्यान्वयन नगर्नु भनेकाले रोक्का गरेको अवस्थामा आफूमाथि आक्रमण भएको गिरी बताउँछन् ।

तर, थापाले १० वर्षदेखि सो जग्गा आफ्नो बनाउन खोजेको र प्रहरीले पनि थापाकै पक्षमा लागेर धोबीखोलाको जग्गा व्यक्तिका नाममा गराइएको स्थानीयको गुनासो छ । थापाले आफ्ना हजुरबाका पालादेखिको गुठी दाबी गरेका छन् ।

तपाईको विचारमा यो घटनालाई लिएर मालपोत अधिकृतमाथि कार्यकक्षमै कालोमोसो दल्नु कत्तिको जायज होला ?
१. गल्ती गरेको भए कानूनी बाटो अपनाउनुपर्छ, कालोमोसो दल्नु फौजदारी अपराध हो ।
२. जनताको गुनासो नसुन्नेलाई कालोमोसो दल्नु ठीकै हो । स्थानीय जनता समझदार रहेछन्, उनीहरुले कुटपिट गरेनन्, मोसोमात्रै दलेर छाडे । नेपाल सरकार र उनका कर्मचारीले कानूनी प्रक्रिया मिलाएर सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता गराउनु मोसो दल्नुभन्दा ठूलो अपराध हो ।
३. सरकारी जग्गा हडप्ने र कालोमोसो दल्ने दुबै पक्षलाई कारवाही गर्नुपर्छ । कानूनमा मिलाएर अपराध गर्ने र कानून विपरीत कार्य गर्ने दुबै गलत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment