Comments Add Comment

विश्वका सबैभन्दा पूराना १० सहरहरु (फोटो कथा)

हजारौँ वर्षको इतिहास भएका सहरहरुले केवल अद्वितिय कलात्मकता तथा सुन्दर वास्तुकलामात्र प्रस्तुत गर्दैनन् । प्राचिन सहरहरु प्राचीन युग तथा सभ्यताका प्रतिक पनि हुन् । जसले मानवमात्रको विकाशको सकारात्मक र नकारात्मक दुवै पक्ष प्रदर्शन गर्दछन् । यी सहरहरु आश्चर्यजनक कथा तथा विभुतिहरुले भरिपूर्ण हुन्छन् भने खोज अनुसन्धानकर्ताका लागि आकर्षणको केन्द्र । विश्वका सबैभन्दा पूराना १० सहरको नालीबेली यस्तो छ-

Damascus1

१. दमास्कस- सिरियाको राजधानी दमास्कस विश्वको सबैभन्दा पूरानो सहर हो । देशको सबैभन्दा ठूलो सहरको रुपमा समेत रहेको यो सहर इशापूर्व १० हजार वर्ष पहिले स्थापना भएको विश्वास गरिन्छ । अ का र एसियाको बीचमा रहेको दमास्कस सदियौँदेखि सांस्कृतिक, व्यापारिक तथा प्रशासनिक केन्द्रको रुपमा रह्यो । यो सहरमा हेलिनिस्टिक, रोमन, बिजान्टाइन तथा इस्लामिक सभ्यता समेत सिर्जना भयो । दमास्कसको हालको जनसंख्या ४५ लाख छ ।

Athens,२. एथेन्स- ग सको राजधानी सहर एथेन्स अटोम्यान, बिजान्टिन तथा रोमन सभ्यताको प्रतिकको रुपमा रहेको छ । पश्चिमी सभ्यताको केन्द्रको रुपमा रहेको एथेन्स प्लेटो, अरस्तु जस्ता कैयन् प्रसिद्ध पश्चिमा दार्शनिकहरुको जन्मथलो पनि हो । यो सहरको निर्माण ७ हजार वर्ष पहिले भएको हो । आधुनिक एथेन्स गि्रसको सांस्कृतिक, संचार, शैक्षिक तथा राजनीतिक र औद्योगिक केन्द्रको रुपमा रहेको छ । सहरको ऐतिहासिक केन्द्रको रुपमा रहेको आक्रोपोलिसमा पुरातात्विक महत्वका भवन तथा संरचनाहरुको अवशेष अहिले पनि कायमै छ ।byblos

३. बेबलस- लेवनानको बेबलस सहर प्राचीन सभ्यताको भूमिको रुपमा लिइन्छ । यो सहरमा ५ हजार वर्षदेखि मानव बसोबास रहेको बताइन्छ । यहीँ सहरको नामबाट इसाइ धर्मको ग्रन्थ बाइबलको नामाकरण भएको हो । भुमध्यासागरको नजिक रहेको यो सहर हाल पर्यटकको आकर्षणको केन्द्रको रुपमा रहेको छ र अत्याधुनिक भौतिक संरचना निर्माणका बाबजुत ऐतिहासिक धरोहर समेत देख्न पाइन्छ ।

Jerusalem Israel

४. जेरुसेलम- इजरायलको राजधानी जेरुसेलम विश्वको पूरानो तथा धार्मिक सहरमध्ये एक हो । यो सहर यहुदी, मुस्लिम तथा इसाइहरुको पवित्र भूमिको रुपमा मानिन्छ । बाइबलका अनुसार इजरायल संयुक्त अधिराज्यको राजधानीको रुपमा डेभिडले जेरुसेलमको स्थापना गरेका हुन् । जेरुसेलम सहरको स्थापना ४ हजार वर्ष पहिले भएको हो, जुन अहिले क्रिस्चियन भाग, मुस्लिम भाग, अमेरिकी भाग तथा यहुदी भाग गरि ४ भागमा विभाजित छ । हाल ८ लाख जनसंख्या रहेको जेरुसेलममा ८० प्रतिशत यहुदी छन् । सन् १९८१ मा जेरुसेलम विश्व सम्पदा सूचिमा सुचिकृत भएको हो ।Varanasi, India

५. वाराणसी– गंगा नदीको किनारमा रहेको भारतीय सहर बनारस अर्थात् वाराणसी पनि विश्वका पूराना सहरमध्येको एक हो । यसलाई हिन्दु धर्म र आध्यात्मको केन्द्रको रुपमा समेत लिइन्छ । हिन्दु धर्मशास्त्रका अनुसार भगवान शिवले इशापूर्व १२ औँ सताब्दीमा यो सहरको स्थापना गरेका हुन् । मार्क त्वाइनले कुनै समय भनेका थिए, ‘बनारस इतिहास भन्दा पूरानो छ, परम्परा भन्दा पूरानो छ तथा किम्बदन्तीहरु भन्दा पनि पूरानो छ । यी सबै कुरालाई एकैठाउँ मिलाउँदा पनि बनारस दोब्बर पूरानो छ ।’

Cholula६. चोलुला- मेक्सिकोको सहर चोलुला २५ सय वर्षअगाडि स्थापित भएको मानिन्छ जहाँ ओल्मेक्स, टोल्टेक्स तथा एज्टेक्स जस्ता ल्याटिन अमेरिकी संस्कृतिको भूमिको रुपमा रहेको छ । यो सहरको नाम चोलुलाको अर्थ उडानको ठाउँ हो । यो सहरको हालको जनसंख्या ६० हजार छ । ग्रेट पिरामिड यो सहरको सबैभन्दा चर्चित ऐतिहासिक धरोहर हो, जसभित्र ८ किलोमिटर सम्मको सुरुङ भएको बताइन्छ ।jericho-Palestine

७. जेरिचो- पुरातात्विक उत्खननबाट प्यालेस्टाइनको जेरिचो सहरमा ११ हजार वर्ष पहिले नै मानव बसोबास रहेको तथा विभिन्न २० प्रकारका मानव सभ्यता अस्तित्वमा आएको पत्ता लागेको छ । बाइबलमा ताडका रुखको सहरका नामले परिचित यो सहरमा अहिले भने जम्मा २० हजार मानिसको बसोबास छ । यो सहरमा विभिन्न खाले ऐतिहासिक संरचनाहरु रहेका छन् ।siris

८. अलेप्पो- सिरियाको अलेप्पो सहरमा हाल २० लाख मानिस बसोबास गर्छन् । ऐतिहासिक रेशम मार्गको मध्यभागमा पर्ने यो सहरमा ८ हजार वर्ष पहिले नै मानव बसोबास थियो । तर कतिपय अन्वेषणले उक्त सहरमा १३ हजार वर्ष पहिले नै मानव बसोबास रहेको दाबी गरेका छन् । यो सहरको इतिहासमा रोमन, बिजान्टाइन्स, अटोम्यान लगायतका सभ्यताको नियन्त्रण कायम रहेकाले यहाँका वास्तुकलामा विविधता पाइन्छ । सहरमा १३ तथा १४ औँ सताब्दीका पूरातात्विक भवनहरु यत्रतत्र छन् । यो सहरलाई सिरियाको आत्मा पनि भनिन्छ ।Plovdiv

९.प्लोभ्दिभ- बुल्गेरियाको प्लोभ्दिभ सहरको इतिहास इशापूर्व ४ हजार वर्ष पूरानो छ । यो सहरमा पनि विभिन्न मानव सभ्यताका शासकहरुको शासन कायम भयो । सन् १८८५ मा मात्र यो सहर बुल्गेरियाको नियनत्रणमा आएको हो ।

Longmen Grottoes, Luoyang, China - 1660१०. लुयांग- विश्वका अधिकांस प्राचीन सहरहरु भूमध्यसागरीय क्षेत्रमा रहेकोमा चीनको लुयांग सहर भने एसियाको सबैभन्दा प्राचीन समयदेखि मानव बसोबास रहेको सहरको रुपमा रहेको छ । यो चिनिया इतिहासका ७ वटा महान राजधानी मध्येको एक हो । यो सहर चीनको भौगोलिक केन्द्रका साथै इतिहास र संस्कृतिको पुञ्जको रुपमा रहेको छ । यो सहरमा ४ हजार वर्षदेखि मानव बसोबास रहेको छ र अहिले सहरको जनसंख्या ७० लाख छ । यो सहरमा चिनको सबैभन्दा पूरानो मन्दिरको रुपमा हरेको ह्वाइट हर्स टेम्पल समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment