Comments Add Comment

बन्दमा पनि विद्यालय खोल्न दिन अपिल

jana-hagriti-school-3
२९ पुस, काठमाडौँ । बालबालिका शान्तिक्षेत्र तथा बाल संरक्षण राष्ट्रिय अभियान (सिजप) ले एमाओवादीसहित ३० दलीय मोर्चा र नेकपा-माओवादीले पुनः बन्द हडतालका कार्यक्रम अघि सारेकामा चिन्ता व्यक्त गर्दै ‘विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८’ को उल्लङ्घन नगर्न अपिल गरेको छ ।

विद्यालयलाई सशस्त्र गतिविधि र अन्य हिंसाबाट मुक्त राख्न, दलगत राजनीति तथा अन्य हस्तक्षेपबाट मुक्त राखी बिनाअवरोध विद्यालयमा पठनपाठनको वातावरण कायम गर्ने उद्देश्यका साथ शिक्षा मन्त्रालयले सो निर्देशिका जारी गरेको थियो ।

सिजपका अध्यक्ष कृष्ण सुवेदीले सोमबार जारी गरेको विज्ञप्तिमा बन्द हडतालबाट आम जनता मर्कामा पर्नुका साथै यसको प्रत्यक्ष प्रभाव विद्यालय र विद्यालयमा पढ्ने बालबालिकामाथि पर्न जानेछ र बन्दका नाममा विद्यालयका भौतिक सामग्री तोडफोड गर्ने, विद्यालयमा धम्की दिने, विद्यालय हातामा प्रवेश गरी अराजक गतिविधि तथा हिंसात्मक कार्य गर्ने गरेको घटना दुःखद् भएको जनाइएको छ ।

सिजपले ‘विद्यालयलाई अराजक गतिविधि, आक्रमण र हिंसाबाट मुक्त राखौँ’ भन्ने अपिलका साथै बन्दका बेलामा पनि विद्यालय, स्कूल बस तथा शैक्षिक गतिविधि सञ्चालनको सुनिश्चिताका लागि पहल गर्न सम्बद्ध पक्षमा विशेष आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment