३० पुस, ललितपुर । उपत्यकाका तीन जिल्लामध्ये एक हो ललितपुर । काठमाडौं उपत्यकाभित्र परे पनि ललितपुर विकट पहाडी जिल्लासमेत हो । ललितपुर ऐतिहासिक तथा सांस्कृतिक र पर्यटकीय महत्वका ठाउँहरुले गर्दा सुन्दर छ ।
ऐतिहासिक तथा सांस्कृतिक र पर्यटकीय महत्वले धनी यो जिल्ला काठमाडौ उपत्यका भित्रैपर्ने जिल्ला भएर पनि धेरै यस्ता ठाउँहरु छन्, जुन निकै विकट छ । राजधानी काठमाडौसँगको जिल्ला अनि उपत्यकाको उपमहानगरपालिका भएकैले सबै ठाउँमा विकास पुग्नुपर्ने हो । तर, सरोकारवालाहरुको आँखा नपुग्दा अति नै महत्वका ठाउँहरुसमेत ओझेलमा छन् ।
काठमाडौको खाल्डोलाई नियाल्न सकिने थुम्कोहरुदेखि सेताम्य फुलेका हिमाली श्रृंखलाहरुले अर्को मनोरम प्रदान गर्दछ ।
काठमाडौं उपत्यकाको पाटनमा रहेको कृष्ण मन्दिर जस्ता धार्मिक महत्वका प्रशिद्ध मठ मन्दिरहरुको चर्चा जति छ, त्यो भन्दा बढी महत्पूर्ण ठाउँहरुको पहिचान गर्न नसकिँदा ती ठाउँहरु ओझेलमा परेका छन् ।
जिल्लाको पश्चिमा पर्ने गोदावरी जिल्लाकै पर्यटकीय महत्वले जति महत्वपूर्ण त्यति नै अन्य ठाउँहरु छन्, जसलाई पर्यटन प्रवर्द्धनका लागि पहल गर्नु जरुरी देखिन्छ । पर्यटन प्रवर्द्धनका लागि गोदावरीमै हुनुपर्ने काम त भएका छैनन् । तर, पनि गोदावरीजस्ता अन्य सुन्दर ठाउँहरुलाई पर्यटन प्रवर्द्धनमा ध्यान दिनु आवश्यक हुने देखिन्छ ।
ललितपुरको लेलेबजार, भट्टेडाँडाका नामहरु छिटफुट मात्रामा सुनिने गरिन्छ । ती ठाउँहरुमा पर्यटन उन्मुख ठाउँ हुन् । बुखेल कतवन भञ्ज्याङ्गको बस्ती अनि नल्लु गाउँ, लेले बजार र लेले लप्सेका झुपडीहरु पर्यटकहरुका लागि आकर्षक गन्तब्य बन्न सक्छ ।
दक्षिणी ललितपुरको टंगुन इलाका, पश्चिमललितपुरको माल्टाको बागमती नदी किनारको एक बस्ती, लेले तिलेश्वर नजिकै रहेको टोल, मानिखेल गाँउ, ढुकुछापबाट बग्दै वागमती नदी, मध्यललितपुरको पर्यटकीयस्थल दलचोकी, नल्लुगाँउ मात्र होइन लेलेफाँटमा काम गर्दै किसानले साँच्चिकै पर्यटनको मन लोभ्याउने छ ।
यस्तै, ललितपुरको दुर्गम कालेश्वर नमन गाँउ, बुरुञ्चुलीको खानी क्षेत्रको जोखिमपूर्ण बस्ती, भारदेउसँगै रहेको गाँउ, भट्टेडाँडास्थित सातकन्या पनि आकर्षक बस्तीहरु हुन् ।
ललितपुरका यस्त थुप्रै ठाउँहरु छन्, जहाँबाट सुन्दर हिमश्रृंखलाहरु देख्न सकिन्छ, जसले पर्यटकहरुलाई आकषिर्त गर्नेछ । झ्यालुन्टारबाट देखिएको सेताम्य हिमाल, लेले लप्सेका झुपडी अनि पृष्ठभूमिमा देखिने गणेश हिमालको सबैको मन आकषिर्त गर्नेछ ।
छम्पीगाँउ र पृष्ठभूमिमा मनास्लु हिमालले कसको पो मन नरमाउला र ? त्यसैले सवैको आकर्षक गन्तब्य बन्न ओझेलमा परेका ललितपुरको यस्ता सुन्दर बस्तीहरुमा एक पटक तपाईँ पनि पुग्ने की ।
तस्वीर: अनलाइनखबर