Comments Add Comment

कविता महोत्सव माघ २६ मा

काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानले आफ्नो स्थापना दिवसको अवसर पारेर हरेक वर्ष आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सव यस वर्ष माघ २६ गते गर्ने भएको छ ।

Pragya Pratishthan Kabita mahotsabगत असार ९ गते नै हुनुपर्ने कविता महोत्सव प्राज्ञपरिषद गठन नहुँदा हुन सकेको थिएन । सार्बजनिक सूचना जारी गरी महोत्सवका लागि कविता मगाइए पनि प्राज्ञपरिषद गठनमा ढिलाइ भएकाले स्थगित गरिएको थियो ।

बुधबार पत्रकार सम्मेलन गरी प्राज्ञ एवं काव्य विभाग प्रमुख अमर गिरीले गत वर्ष नै मागिएका कवितालाई सहभागी गराएर आउँदो माघ २६ गते कविता महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।

प्रज्ञा प्रतिष्ठानले महोत्सवका नाममा एक दिन कविगोष्ठी आयोजना मात्रै गर्दै आएकामा यसपटक भने दुई दिने कार्यक्रम आयोजना गरिने गर्दै छ । माघ २५ गते ‘नेपाली कविताका समकालीन स्वरहरू’ विषयमा काव्यविमर्श हुनेछ । त्यसको भोलिपल्ट कविता महोत्सव हुने गिरीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यस वर्ष राष्ट्रिय कविता महोत्सवमा देशका ५३ जिल्लाबाट २ सय ७६ कविता प्राप्त भएका छन् । पहिलो हुनेले नगद २० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजारका साथै प्रमाणपत्र तथा पदक पाउनेछन् । पुरस्कार राष्ट्रपतिबाट वितरण हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment