Comments Add Comment

गाम्नागेको ‘पत्याउँदा पत्याउँदै’ सार्वजनिक

हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेको छैटौं कृति ‘पत्याउँदा पत्याउँदै’ हास्यव्यङ्ग्य कवितासङ्ग्रह लोकार्पण गरिएको छ ।

समसामयिक विषयवस्तुमा तिखो प्रहार गर्दै चेतनायुक्त हास्य पस्कन सक्ने गाम्नागेको कृतिको विमोचन वरिष्ठ कवि तुल्सी दिवसले गरे ।

सिस्नुपानी नेपालका अध्यक्षसमेत रहेका गाम्नागेका ‘मुला कविता’ ‘राष्ट्रिय ए…कता ?, ‘उहाँहरू संविधान बनाउँदै हुनुहुन्छ’,‘बोकाको कविता’, मान्छे र आइमाई’, ‘गाली कविता’, दिसा धोएपछि साबुनपानीले हात धुनुपर्छ’, ‘पत्याउँदा पत्याउँदै’ आदि गरी ४३ कविता सङ्ग्रहित छन् । विसं २०४४ यताका फुटकर हास्यव्यङ्ग्य कविताको सङ्कलन कृतिमा छ ।

ऐरावती प्रकाशनद्वारा प्रकाशित स्तकमा गाम्नागेकी अर्धाङ्गिनी गीताको‘एक लभ स्टोरी’शीर्षकमा भूमिका समावेश हुनु पनि नयाँ प्रयोग मानिएको छ ।

भूमिकामा गाम्नागेको रचनाधर्म र व्यक्तिगत आनीबानीसमेत चित्रण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment