Comments Add Comment

बजगाईंको कथासङ्ग्रह ‘कमरेड भाउजू’ सार्वजनिक

२ माघ, लन्डन । लन्डन निवासी कथाकार कृष्ण बजगाईंको कथासङ्ग्रह ‘कमरेड भाउजू’ सार्वजनिक गरिएको छ । कम्युनिष्ट दर्शनका प्रवर्तक कार्ल माक्र्सको लन्डनमा अवस्थित समाधिस्थलबाट कथाकारले उक्त पुस्तक सार्वजानिक गरेका हुन् ।

comrade-vauju-book-coverसङ्ग्रहका कथाहरु विदेशी भूमिमा रहेका नेपालीहरुको वरिपरि घुमेका छन् । माओवादी जनयुद्धका क्रममा विस्थापित भएका, विदेश पलायन नेता तथा कार्यकर्ताहरुका कथा ब्यथालाई मुख्यरुपमा उठाईएको छ ।

उक्त सङ्ग्रमा केही यौन मनोवैज्ञानिक र यथार्थवादी कथा छन् । ती कथाले नेपाली डायोस्पोरामा देखिएको परिवार विघटन, विचलन जस्ता पेचिला समस्याका बारेमा सचेत गराएको छ ।

१३ वटा कथा रहेको उक्त सङ्ग्रहलाई शब्दार्थ प्रकाशन काठमाडौंले बजारमा ल्याएको हो । लामो समयदेखि डायोस्पोराबाट नेपाली साहित्यमा कलम चलाउँदै आएका बजगाईंको यो पाँचौं कृति हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment