+
+

कमल थापा र पद्मरत्नको कार्यक्रममा लाठीचार्ज : ठीक कि बेठीक ?

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ४ गते १७:१२

विगतमा ०६२/०६३ को जनआन्दोलनका बेला कमल थापा सरकारमा थिए, वामदेव गौतमचाँहि सडक आन्दोलनमा थिए । त्यसबेला ज्ञानेन्द्र नेतृत्वको सरकारले आन्दोलनकारीमाथि निर्मम लाठीचार्ज गर्दा मानवअधिकारवादी संघसंस्थाले आवाज उठाएका थिए । कांग्रेस एमालेका नेताले पनि यस्तो कार्यको निन्दा गरेका थिए ।

jhadap-1अहिले एमाले नेता वामदेव गौतम गृहमन्त्री छन् । लोकतान्त्रिक दलहरु सरकारमा छन् । उता कमल थापाचाहिँ हिन्दुराष्ट्रको माग गर्दै सडक आन्दोलनमा छन् । माओवादी र संसदवादीवीच मध्यस्थता गर्ने नागरिक समाजका अगुवा पद्मरत्न तुलाधर पनि सडक आन्दोलनमा छन् ।

कांग्रेस र एमाले नेतृत्वको सरकारले आइतबार नयाँ बानेश्वरमा कमल थापा आफैंले नेतृत्व गरेको जुलुसमाथि लाठीचार्ज गरेको छ । पदमरत्न तुलाधरले रत्नपार्कमा गरेको कोणसभामा पनि त्यसैगरी प्रहरीले लाठीचार्ज गरेर केहीलाई घाइते बनाएको छ ।

शान्तिपूर्ण जुलुस र सभामाथि लाठीचार्ज गर्ने कार्यलाई मानवअधिकार र लोकतान्त्रिक नागरिक अधिकारका दृष्टिले सही मान्ने कि गलत ? आफ्नो मत व्यक्त गर्नुहोला ।

१. शान्तिपूर्ण सभामा राज्यबाट दमन गरिनु लोकतन्त्रमाथिकै उपहास हो । नागरिकलाई कुट्नु मानवअधिकार उल्ल्ंघन हो, यसबारे मानवअधिकारवादी संगठनले बोल्नुपर्छ ।

२. सडक जाम गर्ने, निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्ने अनि बन्द र हड्ताल गर्नेलाई प्रहरीले ज्ञानेन्द्रका पालामा जस्तै अंगभंग हुने गरी कुटे हुन्छ ।

३. विदेशमा प्रदर्शनकारीमाथि पानी खन्याइन्छ र नकुटिकन तितर-वितर पारिन्छ, लोकतन्त्र र मानवअधिकारको ख्याल गर्दै सरकारले उनीहरुलाई घाइते बनाउने फासीवादी शैली नअपनाएकै राम्रो । किनभने सडकमा निस्कनासाथ राज्यले दमन गर्नु लोकतन्त्रमा सुहाउँदैन ।

यो पनि पढ्नुहोस् : राप्रपा नेपालको र्‍यालीमा लाठीचार्ज (भिडियो सहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment