Comments Add Comment

नेपथ्यको अष्ट्रेलिया टूर घोषणा

अष्ट्रेलिया । नेपालको चर्चित र स्थापित नेपथ्य व्याण्डको अष्ट्रेलिया टुर २०१५ आयोजना हुने भएको छ । यसको आयोजना म्याग्दी सेवा समितिले गर्न लागेको हो ।

समितिको तर्फबाट आईतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा समितिका पदाधिकारीसहित अध्यक्ष हरि राम्जालीले नेपथ्य अष्ट्रेलिया टूरको घोषणा गरे । पहिलो कन्सर्ट पर्थमा अप्रिल ४ तारिखमा आयोजना गरिने र दोस्रो कन्सर्ट अप्रिल ११ तारिख सिड्नीमा हुनेछ ।

यसैगरी २६ तारिखसम्म ब्रिसबेन हुँदै मेलबर्नमा कन्सर्ट गरेपछि यो नेपथ्य अष्ट्रेलिया टूर सम्पन्न हुने कार्यक्रम संयोजक दिपेश पुनले जानकारी दिए । सिड्नीको लुना पार्कमा आयोजना गरिने कन्सर्ट तीन हजार दर्शक क्षमता रहेको बिग टप अडिटोरियम हलमा हुनेछ ।

कार्यक्रमको सुरक्षा र व्यवस्थापनको लागि मात्रै ३० जना सुरक्षाकर्मी खटिनेछन् भने आयोजकको तर्फबाट समेत स्वयंसेवक खटाइनेछ । अन्तर्राष्ट्रियस्तरका गायक, कलाकारहरुले आफ्नो प्रस्तुति दिने यस अडिटोरियममा पहिलो पटक यस किसिमको कार्यक्रम आयोजना गर्न लागिएको हो ।

अध्यक्ष राम्जालीका अनुसार नेपथ्य यतिबेला आफ्नो नयाँ एल्बमको तयारीमा छन्, यदि रेकर्डिंग सकिएको अवस्थामा सिड्नीमा हुने कन्सर्टकै बेला नेपथ्यले आफ्नो नयाँ एल्बम रिलिज गर्ने तयारी समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment