Comments Add Comment

जनसम्पर्क समितिको मेलमिलाप तथा बनभोज सम्पन्न 

janasampark samiti qatarदोहा- नेपाली कांग्रेसको भात्री संगठन नेपाली जनसम्पर्क समिति कतारले राष्ट्रिय मेलमिलाप दिवस तथा पाँचौ बृहत बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

बिपी कोइरालाले भारतको ८ वर्षे प्रवास जीवनलाइ त्यागेर राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ सालमा स्वदेश फर्केको दिनलार्इ राष्ट्रिय मेलमिलाप दिवसका रुपमा मनाउने परम्परालार्इ जनसम्पर्क समितिले पनि हरेक बर्ष वनभोज कार्यक्रमको आयोजना गरेर मनाउँदै आएको छ ।

कार्यक्रमको सभापतित्व समितिका सभापति बिमल सुवेदीले गरेका थिए भने प्रमुख अतिथि संस्थापक सभापति तथा बर्तमान पार्टी तथा अनुशासन बिभाग प्रमुख नरेन्द्र भाट रहेका थिए ।

विभिन्न बैचारिक, सामाजिक, कला, साहित्यिक, धार्मिक, संघ संस्था र बुद्धिजीवी व्यवसायी पत्रकारहरु लगायत पाँच सय बढी कांग्रेसी कार्यकर्ताको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा उपसभापति देबराज अवस्थीले स्वागत मन्तब्य तथा महामन्त्री धिरज चामलिङ् रार्इले कार्यक्रम सञ्चालन गरेका थिए ।

पश्चात कला संस्कृतिको सम्मान र प्रवधन गर्ने उदेश्य स्वरूप पूर्णरुपमा सास्कृतिक मनोरंजनहरुको प्रस्तुतिहरु रहेको थियो सोहि अवसरमा देश विदेशमा ख्याती कमाउन सफल लोकदोहोरी गायिका इन्दिरा शाहलार्इ प्रशंशा पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कतारका स्थानीय कलाकारहरुको नृत्य, लोक दोहोरी, हास्यब्यङ्ग्य र एकल गीतसंगीतले मनोरञ्जन दिइएको उक्त कार्यक्रममा सहभागी अतिथिहरुले नाचेर साथ दिएका थिए ।

कार्यक्रममा प्रवासी नेपाली मंच कतारका अध्यक्ष रामहरी गैरे, जनप्रगतिशील मंचका अध्यक्ष होमनाथ शर्मा, संघिय समाजवादी पार्टीका चन्द्रशेर राइ, एकता समाजका महासचिव खिमबहादुर बुढामगर, गैरआवासीय नेपाली संघ आईसीसी उपाध्यक्ष टीबी कार्की, एनसीसी उपाध्यक्ष कुमार कार्की, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश बन्जाडेले शुभकामना मन्तब्य राख्दै नेपालमा बिग्रदो राजनीतिक अवस्थाबारे चिन्तित देखिएका थिए ।

कार्यक्रममा जनसम्पर्क समितिका समन्वय बिभाग प्रमुख भूपति भट्टराइ, नेका महासमिति सदस्य युवराज पाठक, बिधान मस्यौदा समिति संयोजक क्रान्ति सिंह, नेका महाधिवेशन प्रतिनिधिहरु मो. शाकिर अलि, अर्जुन खड्का, महेश जोशी लगायतको उपस्थिति थियो ।

एनआरएनए गल्फ उप संयोजक पूर्ण केसी, आईसीसी सदस्य उमेश अधिकारी, संघीय लिम्बुवानका अध्यक्ष नरेन्द्र एभेंग लिम्बु, आदिवासी जनजाति महासंघका महासचिव पुरूषोत्तम सुनुवार, अनेसास अध्यक्ष तीर्थ संगम रार्इ, महिला समाजकी सचिव रबिना रार्इ, व्यवासायी नबिन पोख्रेल, प्रकाश मिश्र, धन बलायर, समाजसेवी बुद्धिजीवी कमलमणि गुरागाई, लगायतको उपस्थिति रहेको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment