Comments Add Comment

साहित्य समाजद्वारा गायक पूर्ण नेपालीको सम्मान

sahitya samaj canadaबिदुर केसी/रबिन थपलिया

क्यानडा । नेपाली साहित्य समाज, क्यानडाले गायक पूर्ण नेपालीलार्इ सम्मान गरेको छ । नेपाल-क्यनडा सम्बन्ध स्थापनाको ५० औ वर्षगाँठको अवसरमा नेपाली साहित्य समाज, क्यानडाले टोरोण्टोमा अयोजना गरेको नेपाल-क्यानडा मैत्री दिवस’ कार्यक्रममा गायक नेपालीलार्इ अभिनन्दन गरेको हो ।

कार्यक्रममा क्यानडाका लागि नेपालका अवैतानिक महाबाणिज्यदूत डा. कुन्जरमणी शर्माले नेपाल-क्यानडा सम्बन्ध अझ प्रगाढ हुने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा एनआरएन अमेरिकी क्षेत्रका क्षेत्रीय संयोजक नवराज गुरुङले नेपाल-क्यानडामैत्री एवम् बिकास सम्बन्धबारेमा प्रकाश पारेका थिए ।

एनआरएन क्यानडाका अध्यक्ष अनिल थापा, एनसीसीएसका अध्यक्ष गोपाल भण्डारी, एनसीएनसी क्यानडाका अध्यक्ष गोपीकृष्ण काफ्ले लगायतले नेपाल-क्यानडा मैत्री सम्बन्धको बारेमा आ-आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा गायक पूर्ण नेपालीले ‘मेरो टोपी’ ‘सोह्र वर्षे उमेरैमा’, ‘कोही पश्चिम कोही पूर्व घर’, ‘कलिलो तामालाई सोध रामलाई’ जस्ता गीतहरु प्रस्तुत गरेका थिए ।

नेपाली साहित्य समाज, क्यानडाका अध्यक्ष रमेश थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन डा. तुल्सी धरेलले गरेका थिए ।

यसैबीच, नेपाली साहित्य समाज क्यानडाले सरस्वती चापागाईंको उपचार सहयोगको लागि भनि ४५० क्यानेडियन डलर आर्थिक सहयोग समेत गरेको छ। चापागाईं बिगत केही महिनादेखि नेपालमै क्यान्सर रोगको उपचार गराइरहेकी छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment