Comments Add Comment

सुन्दरीको सेल्फी काण्डले मच्चियो हंगामा

selfy
यहुदी मुलुक इजरायलसँग मुस्लिम मुलुक लेवनानको कति धेरै दुस्मनी छ भन्ने कुरा सुन्दरीको सेल्फी काण्डले छर्लंगै पारेको छ । ब्रम्हाण्ड सुन्दरी प्रतियोगितामा भाग लिन गएकी लेबनानी सुन्दरीले शत्रु राष्ट्र इजरायलकी सुन्दरीसँग सेल्फी खिचेपछि अहिले लेबनानमा हंगाना मच्चिएको छ ।

शत्रुराष्ट्रकी सुन्दरी सँग मुसुक्क हाँसेर सेल्फी खिच्ने मिस लेबनान स्याली ग्रेगलाई बर्खास्त गर्न र मिस लेबनानको उपाधि खोस्न धेरै लेबनानी जनताले माग गरेका छन् ।
आगामी जनबरी २५ मा हुने ब्रम्हाण्ड सुन्दरी प्रतियोगितामा भाग लिन अमेरिका पुगेका मिस इजरायल डोरोन म्याटालन र मिस लेबनान स्याली ग्रेगले मियामीमा भेट गरि मुस्कुराएर सँगै सेल्फी खिचाएका थिए । लेबनानी सुन्दरीसँगको सेल्फी तस्वीरलाई मिस इजरायल डोरोनले इन्स्टाग्राममा पोष्ट गरेपछि लेबनानी जनताहरु आगो भएका हुन् ।

लेबनान र इजरायलबीच लामो समयदेखि वैमनश्यता रहँदै आएको छ । प्राविधिक रुपमा यी दुइ देशहरु अहिलेपनि युद्धमै रहेका भएपनि सन् २००६ देखि सीमा क्षेत्रमा भिडन्त भने भएको छैन । इजरायल पुग्ने लेबनानीहरुलाई इजरायलले जेलमा हाल्ने गरेको छ भने लेबनानले सबै इजरायली वस्तुलाई लेबनानमा प्रतिबन्ध लगाएको छ ।

शत्रु राष्ट्रकी प्रतियोगीसँग सम्बन्ध राखेको हुँदा मिस लेबनान ग्रेगीले आफ्नो राष्ट्रिय सुन्दरीको ताज गुमाएको भन्दै धेरै लेबनानीहरुले सोसल मिडियामा आक्रोस पोखिरहेका न्युयोर्क पोष्टले उल्लेख गरेको छ ।

तर ग्रेगीले भने इजरायली सुन्दरी म्याटालनले आफुलाई सँगै तस्वीर खिचाउनका लागि कर गरेर तस्वीर खिचेको र पछि त्यसलाई अनलाइनमा राखेर आफुलाई धोका दिएको भन्दै इन्टाग्राममार्फत प्रष्टिकरण दिएकी छिन् ।

आफु अमेरिका आएको दिनदेखि नै मिस इजरायलसँग बोलचाल नगर्न तथा तस्वीर नखिच्नका लागि निकै सतर्क हुँदै आएको र उनले निकै कर गरेको ग्रेगीको दाबी छ । आफुले जापान, स्लोभानिया लगायतका देशका सुन्दरीसँग तस्वीर खिचाइरहेको बेलामा मिस इजरायल फुत्त आएर आफुलाई छक्काएर फोटो खिचेको र सोसल मिडियामा अपलोड गरेको उनको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment