Comments Add Comment

साढे ८ सय जनाले मैनबत्ती बालेर राखे किर्तिमान

b8ac6f27ada21625682e1c
विश्वकिर्तिमान बनाउनु कुनै सानो काम होइन । तर विश्वमा कठीन तथा अनौठो खाले काम गरेर किर्तिमान बनाउने मानिसहरुको कमी छैन । यस्तै अनौठो खालको अर्को रेकर्ड चिनियाहरुले पनि कायम गरेका छन् । चीनको नाममा दर्ज भएको यो नयाँ किर्तिमान सबैभन्दा धेरै मानिसहरुले एकसाथ मैनबत्ती बालेर कायम भएको हो ।

चीनको युनान प्रान्तको कुनमिंगमा ८ सय ४१ जनाले एकसाथ मैनबत्ती बालेर विश्वकिर्तिमान कायम गरेका चाइना डेलीले जनाएको छ ।

यसअघि मैनबत्ती बाल्ने यो रेकर्ड भारतको नाममा थियो । सन् २०१३ को सेप्टेम्बरमा ६ सय ४० जना मानिसहरुले भारतमा एकसाथ मैनबत्ति बालेर विश्वकिर्तिमान कायम गरेका थिए । भारतले किर्तिमान राख्ने क्रममा चीनकै रेकर्ड भंग गरेको थियो । सन् २०१३ केा मार्चमा चीनमा ५ सय ८ जनाले मैनबत्ति बालेर रेकर्ड राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment