Comments Add Comment

कुन समय यौनक्रियाका लागि उत्तम, अध्ययन यसो भन्छ

sexual-monotony

स्मार्टफोन केवल संचारको साधन मात्र होइन, पछिल्लो समयमा गर्भनिरोधक साधन समेत बन्नपुगेको छ । किन्डारा Kindara जस्ता फर्टिलिटी ट्रयाकिङ्ग एपले दम्पतिहरुको लागि गर्भाधान तथा गर्भनिरोधमा सहयोगी भूमिका खेल्न थालेको छ ।

किन्डारा एपका अधिकारीहरुका अनुसार यो एपले अहिलेसम्म ३० हजार जना महिलालाई गर्भवती हुन सहयोग पूराएको छ ।

उक्त एप कम्पनीका सिइओ विलियम स्याक्सका अनुसार कम्पनीले हालै गर्भाधानको लागि आवश्यक कार्य अर्थात् सम्भोगको विषयमा रोचक अध्ययन सम्पन्न गरेको छ ।

पछिल्लो २२ महिनामा यो एप प्रयोगकर्ताहरुका यौनिक क्रियाकलापका विषयमा १५ लाख बिट डाटा संकलन तथा विश्लेषण गरि कम्पनीले केही अनौठा तथ्यहरु पत्ता लगाएको छ, जुन यस्ता छन्-

· सम्भोग कार्यका लागि वर्षमा सबैभन्दा लोकपि्रय समय जाडोयामको विदाको समय हो ।

· वर्षका अन्य दिनभन्दा सेप्टेम्बर १६ को दिन बढि बच्चा जन्मिन्छन् ।

· क्रिसमस तथा नयाँ वर्षको अघिपछिका दिनहरु वर्षभरिमै सम्भोगका लागि सबैभन्दा लोकपि्रय दिनहरु हुन् । सम्भोगका लागि वर्षको सबैभन्दा व्यस्त तेश्रो दिन भने भ्यालेन्टाइन डे हो ।

· जब हप्ताको अन्त्यतिरका तिन दिन लगातार विदा पर्छ मानिसहरु बढि मात्रामा यौनक्रिडामा संलग्न हुन्छन् ।

· सम्भोगका लागि हप्तामा सबैभन्दा लोकपि्रय दिन आइतबार हो, दोश्रो शनिवार र तेश्रो शुक्रबार ।

· सबैभन्दा कम यौनकार्य हुने दिन मंगलबार हो । मंगलबार भन्दा बरु सोमबार मानिसहरु सेक्स गर्न बढि रुचाउँछन् ।

· अफिस वा घरको कामले यौनक्षमतामा प्रत्यक्ष असर पूराउँछ ।

· आइतबार हप्ताको यस्तो दिन हो जहाँ मानिसले अन्य कामका लागि कमै व्यवस्थित कार्यतालिका बनाउँछ । यस दिन मानिसहरु बढि नै समय सम्भोगका लागि छुट्टाएका हुन्छन् ।

· आफ्नो प्रजनन चक्रको छैटौँ दिनमा महिलाहरुलाई सम्भोगका लागि बढि इच्छा जाग्छ र पूरै पहिलो हप्ता महिलाको लागि सेक्सी समय हो ।

· रजश्वला सुरु भएको दिन र सुरु हुनुभन्दा अघिल्लो दिन महिलालाई सम्भोगका लागि सबैभन्दा अनुपयुक्त दिन लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment