Comments Add Comment

प्रवासी नेपाली मञ्च इल्लिन्नोइजमा नयाँ कार्य समिति

Parbasi-Nepali-Manch-America
६ माघ, अमेरिका । प्रवासी नेपाली मञ्च इल्लिन्नोइज राज्यस्तरीय सम्मेलनले टेकराज पौडेलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार सम्पन्न भएको सम्मेलनले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

उपाध्यक्षमा अमर भट्टराई रघु, सचिवमा शिवप्रसाद अधिकारी, कोषाध्यक्षमा सरस्वती मुखिया चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा भविन कार्की, सुनिल कुमार कर्ण, शिव आचार्य, मेघनाथ बस्याल, गोपी भुसाल, राजेन्द्र अधिकारी र घनश्याम भुसाल नियुक्त भएको समाजसेवी समेत रहेका मञ्चका नवनियुक्त अध्यक्ष पौडेलले जानकारी दिए ।

सम्मेलनले सल्लाहकार समितिमा खेम भण्डारी, डा. रामकृष्ण शाह, डा. दीपक कुमार मनरल, पुरुषोत्तम बोहोरा, रमा सिलवाल, मिन दर्लामी र निर्मला भण्डारीलाई चयन गरेको छ ।

सम्मेलनमा प्रवासी नेपाली मञ्चका केन्दि्रय अध्यक्ष सञ्जय थापा, प्रथम उपाध्यक्ष बाला घिमिरे, कोषाध्यक्ष शंकर पन्त, केन्द्रिय सदस्यहरु छबी पाण्डे, कुन्ती थापा लगायतको उपस्थिती रहेको थियो ।

सन्देश पौडेल/सिकागो इल्लिनोइज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment