Comments Add Comment

इतिहासका सबैभन्दा चर्चित ६ चुम्बन (फोटोकथा)

चुम्बन सबैभन्दा रोमान्टिक क्रियाकलाप मध्येको एक हो । खुसी वा प्रेम, आशक्ति वा यौनाकर्षण-चुम्बनलाई केवल यत्तिमा मात्र सिमित राख्नुहुँदैन । यसले धैर्यलाईर् मात्र दर्शाउँदैन समय र इतिहासको अभिव्यक्ति पनि हो, चुम्बन । यहाँ विश्व इतिहासका केही चर्चित चुम्बनका दृश्य प्रस्तुत गरेका छौँ, जसको महत्वलाई धेरै शव्दमा व्याख्या गरिरहनु नपर्ला-
alfriend
दृश्य नं. १ : अमेरिकी फोटोग्राफर अल्फ्रेण्ड इसेन्स्टेडेटले खिचेको यो ऐतिहासिक तस्वीर दोश्रो विश्वयुद्ध समाप्त भएको दिनको हो । विजय दिवस अर्थात् दोश्रो विश्वयुद्धमा जापानमाथि अमेरिकाको विजय भएर दोश्रो विश्वयुद्ध सकिएको दिन एकजना अमेरिकी जलसैनिकले युवती नर्सलाई चुम्बन गरेको यो दृश्य उनले न्युयोर्कको टाइम्स स्क्वाएर खिचेका हुन् । ती जलसैनिक यतिविघ्न खुसी थिए की उनले जो महिला भेटेपनि चुम्बन गरिरहेका थिए ।
Irving Haberman
चुम्बन नं. २: गृहआगमन शीर्षकको यो चर्चित चुम्बनको दृश्य खिचेका हुन् फोटोग्राफर इरविङ्ग हेबरम्यानले । यो पनि दोश्रो विश्वयुद्धसँगै सम्बन्धित छ । यसमा दोश्रो विश्वयुद्धमा विजयी भएर स्वदेश फर्किएका अमेरिकी सैनिकलाई हलिउड नायिका मार्लिन डिटि्रचले चुम्बन गरेको दृश्य छ ।
first kiss
चुम्बन नं. ३: यसलाई क्यामरामा कैद गरिएको विश्वको पहिलो चुम्बन पनि भनिन्छ । दी मे इरविन किस भनिने यो चर्चित चुम्बनको दृश्य एक चलचित्रका लागि थोमस एडिसनले सन् १८९६ मा खिचेका हुन् । यो सार्वजनिक प्रदर्शनमा लगिएका विश्वका सुरुवाती फिल्म मध्येको एकमात्र होइन चुम्बनको दृश्य भएको विश्वको पहिलो फिल्म पनि हो ।
king
चुम्बन नं. ४: यो शाही चुम्बनको दृश्य पनि विश्वका चर्चित चुम्बन मध्येको एक बनेको छ । बेलायती राजकुमार चाल्र्स र युवराज्ञी डायनाबीच सन् १९८१ मा बिहे हुँदाको चुम्बनकेा दृश्य हो यो । विवाह समारोहमा यी दुइबीच मनमुटाव हुँदा चुम्बन नगरेका भएपनि दरबार फर्किएपछि यी दुईले सबैलाई देखाउनेगरि दरबारको बार्दलीमा चुम्बन गरेका थिए ।

denger kiss

चुम्बन नं. ५: यो दृश्य त्यतिधेरै पूरानो होइन । सन् २०११ मा खिचिएको यो तस्वीर इन्टरनेटमा सबैभन्दा धेरै भाइरल हुनेमध्येको तस्वीर हो । क्यानडाको भ्यानकुभरमा हकी खेलपछि फैलिएको दंगाका क्रममा सडकमा सुतेर मस्तसँग चुम्बन गरिरहेको यो जोडीको तस्वीर रिच लामले खिचेका हुन् । यो तस्वीरलाई अश्लील भन्दै कतिपयले आलोचना समेत गरे ।
last
चुम्बन नं. ६: यो कुनै चर्चित मानिसको चुम्बनको दृश्य होइन । साधारण दम्पतिको चुम्बनको दृश्य भएपनि यो निकै चर्चित हुन सफल भयो । पश्चिमा समाज समेत अहिलेजस्तो खुल्ला नभैसकेको र मानिसहरु सामाजिक पावन्दीमा रहेको समयमा एक फ्रेन्च दम्पतिले व्यस्त सडकमा एक अर्कालाई चुम्बन गरेको यो दृश्य सन् १९५० को हो । यो तस्वीर यतिधेरै लोकपि्रय बन्यो की यो चुम्बनको तस्वीर समावेश गरि तत्कालिन समयमा ५ लाख ठूलो आकारका पोष्टर छापिए भने ४ लाख पोष्टकार्ड छापिए । प्रेमीप्रेमिकाहरुबीच यो तस्वीर अंकित पोष्टर र पोष्टकार्ड लेनदेन गर्ने क्रम सन् १९५० को दशकपछि एकताका निकै तिब्र बनेको थियो पश्चिमी देशहरुमा ।श्रोत-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment