Comments Add Comment

संविधानसभामा तोडफोड आवश्यक थिएन : बाबुराम

Baburam

७ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीले संविधानसभामा सोमबार मध्यरात भएको तोडफोडको घटनाप्रति आत्मालोचना गरेको छ ।

तर, सत्तारुढ दलहरुले जबरजस्ती प्रक्रियामा जान खोज्दा अप्रिय घटना हुन पुगेको बताएका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड र नेता डा. बाबुराम भट्टराईले बुधबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर संविधानसभामा तोडफोड गर्ने पार्टी नीति नभएको बताए । एमाओवादी नेता भट्टराईले भने- ‘संविधानसभामा जुन तोडफोडको घटना भयो, त्यो आवश्यक थिएन । उपयुक्त पनि थिएन ।’

पत्रकार सम्मेलनमा प्रचण्डले कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठ हत्तपत्त रोष्टममा जान खोजेपछि वातावरण विग्रिएको दावी गरे । उनले भने-हामीले वेल घेर्ने र नाराबाजी गर्ने भन्ने थियो । भइदियो के भने प्रस्तावक चिनाकाजी हत्तपत्त रोष्टममा जान खोजेपछि बिग्रियो ।’

तर, तोडफोड त बैठक स्थगित भएएछि भएको थियो नि भन्ने प्रश्नमा एमाओवादी अध्यक्ष प्रचण्डले भने-जे भयो ठिक भयो भन्ने पक्षमा हामी छैनौं ।’

संविधानसभा अध्यक्षले प्रश्नावली बनाउन प्रस्ताव समिति गठनको पेश गर्न श्रेष्ठलाई समय दिए लगतै माओवादीसहितका विपक्षी सभासदहरुले रोष्टम घेरेका थिए । केहीबेरका नाराबाजीपछि सभाध्यक्षले बैठक स्थगित गरे । तर,एमाओवादीका सभासदहरु तोडफोडमा उत्रिए । उनीहरुले आफैं बस्ने कुुसी तोडफोड गर्नुका साथै माइक फालेका थिए ।

मिडियामाथि भएको आक्रमणको छानविन गरिने

पत्रकार सम्मेलनमा एमाओवादी शीर्ष नेताहरुले नेपाल बन्दका क्रममा सञ्चार माध्यमहरुमाथि भएको आक्रमणप्रति दुःख व्यक्त गरेका छन् ।

सञ्चार माध्यमहरुलाई आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको उनीहरुले बताए । बन्दका बेला सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति दुःख व्यक्त गर्दै ती घटनाबारे छानविन गरिने भट्टराईले आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment