Comments Add Comment

प्रचण्डको प्रष्टीकरण : ओली सकारात्मक देखिए, प्रधानमन्त्रीले भाँडे

Prachanda

७ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिका लागि एमाले अध्यक्ष केपी ओली सकारात्मक देखिए पनि अन्तिम घढीमा प्रधानमन्त्री सुशील कोइरालाले भाँडेको बताएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे स्पष्टीकरण दिन नयाँ बानेश्वरको अल्फा हाउसमा बुधबार आयोजित पत्रकार सम्मेलनमा एमाओवादी अध्यक्ष प्रचण्डले डेढ घण्टासम्म भएको कुराकानीमा ओली सकारात्मक देखिएको बताए ।

भिडियो हेर्नुहोस्-

माओवादी संघीयतामा सहमति भए शासकीय स्वरुपमा फरक मत राखेर जान तयार भएपछि सहमतिको वातावरण बनेको भन्दै उनले भने-‘हाम्रो लचकतालाई कमजोरी जस्तो बनाएर कांग्रेसका सहमति नचाहने नेताहरु सक्रिय भए ।’

न्याय प्रणाली, निर्वाचन प्रणाली, नागरिकता लगायतका सहमति भएका विषयलाई मस्यौदासमितमा पठाउने र फेरि छलफल गरी संघीयतामा सहमति गरेपछि शासकीय स्वरुपमा फरक मत राखेर जान आफूहरु सहमति भइसक्दा पनि प्रधानमन्त्रीसहितका केही नेताहरुले भाँडेर ‘सहमति भएन, अब प्रक्रियामा जानुपर्छ’भनेर बिथोलेको प्रचण्डले बताए ।

नले भने-सहमति भाँड्न प्रधानमन्त्री आफैं सक्रिय हुनुभो । प्रधानमन्त्री आफैं अब प्रक्रियामा जाने प्रक्रियामा भन्न थाल्नुभो र सहमतिको कुरा गर्दा इरिटेशन जस्तो गर्नु भो ।’

यद्यपि उनले सहमति हुन नदिने अन्य नेताहरुको नाम भने लिन चाहेनन् । ‘तपाई पत्रकारहरु सुक्ष्मदर्शक पनि हुनुहुन्छ’ प्रचण्डले भने-सहमति भाँड्ने भँडुवाहरु को-को हुन्, तपाईहरुले चिन्नुभएकै छ, तिनीहरुले सहमति हुन दिएनन् ।’

केपी ओलीसँगको डेढ घण्टाको वार्तामा मिडियामा पनि सहमतिको सन्देश गइसकेकाले सहमति गरेर अघि बढौं भन्ने कुराकानी भएको प्रचण्डले बताए । ‘मैले अब टुंग्याउने ढंगले जाउँ । माघ ८ मा एउटा पोलिटिकल स्टेटमेन्ट दिउँ भन्दा उहाँ धेरै नेगेटिभ जस्तो देखिनु भएन ।’

तर, सहमति हुन नदिने नेताहरुले न्याय प्रणाली, निर्वाचन प्रणाली र शासकीय स्वरुपमा सहमति भइसक्यो, मस्यौदामा पठाउँ भनेर विगारेको उनले बताए । प्रचण्डले भने-हामीले संघीयतामा सहमति भयो भने शासकीय स्वरुपमा फरक मत राखेर जान तयार छौं भनेको कुुरालाई टि्वस्ट गरियो ।’

संविधानसभामा बहुमत-अल्पमत हुँदैन

एमाओवादी अध्यक्ष प्रचण्डले संविधानसभामा बहुमत अल्पमत नहुने बताए । सरकारमा बहुमत अल्पमत हुने भए पनि संसारमा काँहि पनि बहुमतबाट नभई सहमतिमै संविधान बन्ने गरेको प्रचण्डको तर्क छ । प्रचण्डले भने-‘सरकारमा बहुमत अल्पमत भएपनि संविधानसभामा बहुमत अल्पमत हुँदैन । संविधान सहमतिबाटै निर्माण गर्नुपर्छ ।

दोस्रो संविधानसभामा आफूहरु तेस्रो दल बने पनि बाह्रबुँदे सहमति र सम्झौताको औचित्य नसकिएको भन्दै प्रचण्डले सहमतिका आधारमा संविधान बन्नुपर्ने बताए ।

प्रचण्डले बहुमतीय प्रक्रियामा जाने प्रयासलाई विकास काले विपरित बुद्धि भनेका छन् । तत्कालीन राजा कसैको समर्थन नहुँदा पनि जवरजस्ती अघि बढ्दा त्यो अविगत भएको उदाहरण दिँदै उनले भने-विगतका सहमति र सम्झौताबाछ पछि हट्नेहरु नै द्वन्द्वका श्रृजनाकर्ता हुन् ।’

एमाओवादी नेता डा. बाबुराम भट्टराईले कांग्रेस र एमालेले प्रक्रिया प्रक्रिया भनेर माघ ८ मा संविधान बन्न नदिने माओवादी हो भन्ने भ्रम पार्न खाजेको बताए । ‘प्रक्रियामा जाँदा १२० भन्दा बढी दिन लाग्छ । सहमतिबाट मात्र तत्काल संविधान जारी गर्न सम्भव हुन्छ’ उनले भने-‘माघ ८ भनिराख्ने र आन्दोलनकारीलाई दोष दिन खोजिएको हो कि भन्ने देखिन्छ ।होइन भने चार महिनालाई बाटो कि रोजियो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment