Comments Add Comment

सहमतिविना संविधान बन्नै सक्दैन : ओली (भिडियो सहित)

KP OLI

७ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सहमतिविना संविधान बन्नै नसक्ने भन्दै सडकमा आन्दोलन गरिरहेका एमाओवादी लगायतका दलहरुलाई सम्वादमा आउन आग्रह गरेका छन् ।

आफ्नै निवासमा प्रेस चौतारीले गरेको अन्तरसम्वाद कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले भने- ‘सहमतिविना संविधान बन्दै बन्दैन, हामी सहमतिबाटै संविधान बनाउन चाहन्छौं ।’

हेर्नुहोस् भिडियो-

एमाले र कांग्रेसले प्रक्रियामा गएर पेलेर संविधान बनाउन खोजेको विपक्षीले आरोप लगाइरहेका बेला एमाले अध्यक्ष ओलीले आफूहरुले सहमतिकै आधारमा संविधान बनाउन चाहेको स्पष्ट पारे ।

नेपाली जनताले चुनावमा दिएको जनमतले पनि सहमतिमा जान बाध्य पारेको ओलीले स्वीकार गरे । ‘जनताले संविधानसभामा व्यवधान खडा गर्नेहरुलाई पनि व्यवधान खडा गर्न सक्ने गरी जनमत दिएका छन्,’ ओलीले भने-‘हामी यो यथार्थलाई समेत ध्यानमा राख्छौं र सडकमा रहेका दलहरुलाई सडक छाडेर सम्वादमा आउन आग्रह गर्छौं ।’

सहमतिका चार आयाम

सहमतिका चारवटा अवस्था रहेको नेता ओलीले बताए । ‘पहिलो, संविधान बनाउनका लागि दुईतिहाइ मत चाहिने भएकाले सहमति आवश्यक पर्छ, दोस्रो, हामीले दुईतिहाइलाई पनि अत्यधीक बनाउने कोशिस गर्नुपर्छ,’ उनले भने-‘संविधानसभामा रहेका कसैको पनि विमति नरहने कोसिस गर्नुपर्छ ।’

सहमतिका चार आधारमध्ये चौथो चरणमा संविधानसभा बाहिर अल्मलिएर रहेका दलहरुलाई पनि सहमतिमा ल्याएर संविधान बनाउनुपर्ने ओलीले स्पष्ट पारे ।

माघ ८ गतेदेखि संविधानसभाले बनाएको कार्यतालिकाको म्याद सकिने भए पनि नयाँ कार्यतालिका बनाउन सकिने उनले बताए ।

‘संविधानसभा कार्यतालिका बनाउनका लागि हैन, संविधान बनाउनका लागि गठन भएको हो,’ ओलीले भने, ‘कार्यतालिकाको म्याद सकिँदैमा संविधानसभा असफल हुँदैन, संविधान बन्छ । सहमतिमै बनाउनुपर्छ ।’

संयुक्त राष्ट्रसंघ र भारत लगायत अन्तराष्ट्रिय समुदायले सहमतिको आधारमा अघि बढ्न आग्रह गरिरहेका बेला ओलीले अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्दै सबैको सहमति जुटाउन प्रयास गरिने बताए ।

मैले प्रधानमन्त्रीको कुर्सीतिर हेरेको छैन

एमाले अध्यक्ष ओलीले अहिलेको समय भनेको पक्षधरता र छुद्र, मसिना कुरामा अल्मलिने समय नभएको बताए । आफ्नो ध्यान प्रधानमन्त्रीको कुर्सीतिर नभई संविधान बनाउनेतिर केन्द्रित भएको भन्दै उनले सिंगो एमालेको ध्यान संविधान निर्माणमा केन्द्रित हुने बताए ।

आफूलाई केहीले अब कसरी प्रधानमन्त्री बन्दोरहेछ भनेको सुनिएको भन्दै ओलीले भने-‘मैले कुनै कुर्सी हेरेको छैन । सुशील कोइरालालाई देखेको छु, यो पाइन्छ कि त्यो पाइन्छ कि भनेर म पनि गर्दिँन, एमालेले पनि गर्दैन ।’

यो समाचार पनि पढ्नुहोस् – ओलीको टुक्का : मसान जगाउन सजिलो, बसाउन गाह्रो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment