Comments Add Comment

कुमेरु महासागरमा ५२ मिनेट पौडिएर महिलाले राखिन् विश्वकिर्तिमान

bhakti_650_011415105159
पृथ्वीको दक्षिण ध्रुविय महासागर अर्थात् कुमेरु महासागरमा पौडिने साहस कसले गर्ला ? गहिरो सागर अझ जमेको चिसो पानीमा पौडिन खोज्नु भनेको आत्महत्या गर्नुसरह हो भन्ने लाग्छ हामी सामान्य मान्छेलाई । तर भारतकी एक महिलाले भने झण्डै १ घण्टासम्म कुमेरु महासागरमा पौडिएर विश्वकिर्तिमान बनाएकी छिन् ।

भारतीय किर्तिमानी पौडिवाज भक्ति शर्माले कुमेरु महासागरको १ डिग्री सेल्सियस तापक्रमको चिसो पानीमा ५२ मिनेट पौडिएर किर्तिमान कायम गरेकी हुन् । ५२ मिनेटमा उनले पौडिएर १.४ माइल दुरी पार गरिन् ।

भक्तिले बेलायती र अमेरिकी पौडिवाजको किर्तिमान भंग गरेको बताइएको छ । भक्ति यस्तो रेकर्ड कायम गर्ने विश्वकी सबैभन्दा कम उमेरकी महिला हुनुका साथै एसियाको पहिलो पौडिवाज हुन् ।

भक्तिले आफ्नो साहसिक कार्यका कारण सन् २०१० मा भारतको तेन्जिङ नोर्गे राष्ट्रिय साहसिक पुरस्कार पाएकी थिइन् । उनले पछिल्ल्ाो दश वर्षमा खुल्ला पानीमा पौडिएर विभिन्न विश्वरेकर्ड बनाउँदै आएकी छिन् । उनीले पाँचवटै महासागरमा पौडिएर किर्तिमान राखिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment