Comments Add Comment

फेरि सानो पर्दामा फर्किंदै शाहरुख

Sharukh-Khan
मुम्बई । बलिउड बादशाह भनिने शाहरुख खान पुनः सानो पर्दामा देखिने भएका छन् । केही समयपछि नै एक हिन्दी च्यानलमा देखिने पक्का भएको विभिन्न समाचार संस्थाले जनाएका छन् ।

शाहरुखले पहिलो पटक सन् १९८९ मा हिन्दी धारावाहिक सिरियल ‘फौजी’ मार्फत् अभिनयमा प्रवेश गरेका थिए । उनी पुनः लामो समयपछि टेलिभिजनमा देखिन लागेका हुन् ।

जी ग्रुपले संचालन गर्न लागेको नयाा ‘एण्ड टीभी’ मा शाहरुखले एउटा बृहत शो सञ्चालन गर्ने सहमति भइसकेको समाचार एजेन्सीको भनाई छ ।

शाहरुखले सञ्चालन गर्ने कार्यक्रम अभिताभ बच्चनले सञ्चालन गर्ने ‘कौन बनेगा करोडपति’ जस्तै हुने छ ।

‘ह्याप्पी न्यु इयर’ अभिनेता शाहरुखले अंग्रेजी नयाा वर्षको पूर्वसन्ध्यामा ‘गेट ट्यालेण्ट वल्ड स्टेज लाइभ’ शो को होष्टिङ गरेका थिए ।

कार्यक्रम कस्तो हुने भन्नेमा सम्पूर्ण बिबरण आइसकेको छैन । कार्यक्रमका विषयमा जीग्रुपले पत्रकार सम्मेलन गरेर जानकारी दिने भएको छ ।

शाहरुखले यसअघि टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ क्या आप पााचभी पास से तेज है, जोर का झट्का र दिल से नाचले इण्डियावाले कार्यक्रममा सहभागीता जनाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment