Comments Add Comment

कसले गर्दै छ तपाईंको फोनको जासुसी ? यसरी थाहा पाउनुहोस्

jasusi
तपाईंले गोप्य भनेर गरिरहेको फोन कसैले सुनिरहेको वा म्यासेज कसैले पढिरहेको हुनसक्छ । हालै केही मोबाइल सुरक्षा एजेन्सीहरुले इन्टरनेशनल मोबाइल सब्सक्राइबर्स आइडेन्टीटी (आईएमएसआई) क्याचर्समार्फत् ह्याकरहरुले यसरी ब्यक्तिगत फोन सुन्ने र म्यासेज पढ्ने र प्रयोगकर्ताको लोकेसन ट्रयाक गर्ने गरेको खुलासा गरेको थियो ।

यस्तो सुरक्षा खतरा खासगरि एन्ड्रोइड अपरेटिङ सिस्टमबाट चल्ने फोनहरुमा बढि हुने गरेको पाइएको छ । जसले गर्दा एन्ड्रोइड फोन प्रयोगकर्ता खासगरि उच्च अहोदाका कर्पोरेट हाउस र सुरक्षा निकायका अधिकारीका मोबाइल सम्बाद लिक हुने खतरा बढेको छ ।

तर, हालै यस्तो सुरक्षा एप सार्वजनिक भएको छ जसले तपाईको फोन कसैले जासुसी गरिरहेकेा भए तत्कालै जानकारी दिन्छ ।

सेक्युरिटी रिसर्च ल्याबले निर्माण गरेको स्नूपस्निच नामक यो मोबाइल एपले फोन प्रयोगकर्ताको लोकेसन लगायतका सूचना गोप्य राख्दै ह्याकर्सहरुलाई फोनमा पहुँच पुर्‍याउन रोक्छ ।

साथै, कुनै ह्याकरले फोन सुनिरहेको वा म्यासेजमा पहुँच पुर्‍याउन खोजेमा त्यस्तो कोसिसको जानकारी पनि फोन प्रयोगकर्तालाई दिन्छ ।

तत्कालका लागि एन्ड्रोइड स्मार्टफोनमा मात्र उपलब्ध यो एप्सले क्वालकम प्रोसेसर प्रयोग गर्ने सेटमा मात्र काम गर्छ । हाल सोनी, सामसुङ लगायतका एन्ड्रोइड फोनले मात्र क्वालकम प्रोसेसर प्रयोग गर्छन् ।

एप सार्वजनिक भएको केही दिनमै एक लाखभन्दा धेरैले डाउनलोड गरिसकेका छन् । -इण्डो एशियन न्यूज सर्भिस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment