Comments Add Comment

डर लागिरहन्छ ? त्यसोभए बेसार खानुस्

besar
हलेदो अर्थात् त्यसबाट बनाइएको धुलो बेसारले मानिसको स्वास्थ्यमा सकारात्मक प्रभाव पूराउने तथ्य हामी सबैलाई थाहा छ । बेसारमा क्यान्सर, मुटुरोग, बाथ, डिप्रेसन तथा पेट र रगत जन्य रोगका विरामीलाई लाभ पूराउने तत्व हुने कुरा थाहा भैसकेको भएपनि बेसारको फाइदाका विषयमा कसैलाई थाहा नभएको नयाँ तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

वैज्ञानिकहरुले बेसाको नियमित सेवनले मानिसको मस्तिष्कको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पूराउने र यसले मानिसका खराब स्मरणलाई मेट्न सहयोग पूराउने तथ्य पत्ता लगाएका छन् ।

बेसारमा हुने कर्कुमिन नाम यौगिक जसले बेसारलाई पहेँलो बनाउँछ त्यसले मानिसको मस्तिष्कमा नयाँ त्रासदीपूर्ण स्मरणहरु भण्डारण हुनबाट रोक्दछ र पूराना विद्यमान यस्ता डरलाग्दा स्मरणहरु समेत हटाउन मद्दत पूराउने अनुसन्धानले देखाएको छ ।

बेसारको यो गुणका विषयमा भएको पछिल्लो खोजले डराउने खालको मनोवैज्ञानिक रोग रहेका मानिसहरुको उपचारको विकाश गर्न सहयोग पूराउने आशा शोधकर्ताहरुको छ ।

अमेरिकाको न्युयोर्कस्थित सिटी युनिभर्सिटीका शोधकर्ताहरुले मुसामा यसको परीक्षण गरेका थिए । बेसारमा पाइने पदार्थ मिलाइएको खानेकुरा खुवाइएका मुसाहरु त्यसअघि डराउने आवाज सुन्दा डराउन छाडेको पाइएको थियो ।

प्रमुख शोधकर्ता प्राध्यापक ग्लेन स्केफका अनुसार कुनै दुर्घटना भोगेर विक्षिप्त मानसिक अवस्थामा पुगेका वा अन्य खाले डराउने मानसिक रोगबाट पीडित रहेका मानिसहरुले बेसारयुक्त खानेकुराको सेवन गर्नु लाभदायी हुने देखिएको बताए ।

मस्तिष्कमा हुने न्युरोनहरुको नयाँ संयोजनपछि मस्तिष्कमा स्मरणहरु तयार हुन्छन् । सुरुमा यस्ता स्मरणहरु कमजोर हुने भएपनि मस्तिष्कको विशेष दीर्घकालीन प्रक्रियाद्धारा ती स्मरणहरु क्रमशः स्थायी बन्दछन् । जब यसरी स्थापित बनिसकेका स्मरणहरु मानिसले पुनःस्मरण गर्दछ तब मस्तिष्क केही बेर अस्थिर बन्दछ र ती स्थापित स्मरणहरु पनि नयाँ स्मरणको रुपमा पुनर्जिवित हुन्छन् र फेरि एकत्रित भएर स्थिर बन्दछन् ।

मस्तिष्कमा स्थापित भैसकेका त्रासजन्य स्मरणहरु पुनःस्मरण भएर अस्थिर बनिसकेपछि पुनः स्थिर बन्न लागेको अवस्थामा बेसारमा हुने कुर्कुमिन तत्वले त्यस्ता नकारात्मक स्मरणलाई स्थिर बन्नबाट रोक्ने र त्यसलाइ मस्तिष्कबाटै हटाइदिने शोधकर्ताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment