Comments Add Comment

समुद्री किनारामा टपलेस हुन पाउँ भन्दै युवतीहरु अर्धनग्न प्रदर्शन

ne
छाति नांगो पारेर हिड्न पाउनुपर्ने अर्थात् टपलेस हुन पाउनुपर्ने भन्दै विभिन्न मानवअधिकारवादी संस्था सम्बद्ध महिलाहरुले विभिन्न देशका सहरहरुमा टपलेस बनेर प्रदर्शन गर्ने गरेका समाचारहरु बेलाबखतमा आउने गर्छन् । पछिल्लोपटक ब्राजिलका एक हुल महिलाहरुले पनि यस्तै गरेका छन् ।

ब्राजिलका सामुदि्रक तटहरुमा छाति देखाएर विचरण गर्न पाउनुपर्ने माग गर्दै रियो दी जेनेरियास्थित इपानेमा तटीय क्षेत्रमा गएको मंगलबार केही महिलाहरुले अर्धनग्न प्रदर्शन गरेका छन् ।

समाचार अनुसार प्रदर्शनमा सहभागी मध्ये ७ जना महिलाहरुले आफ्नो वक्षस्थल केही मिनेटसम्म पूरै देखाएका थिए । स्थानीय विदाको दिन मानिसहरुको ठूलो भिड रहेको बेला युवतीहरु एकाएक नांगिएपछि हेर्ने रमितेहरुको घुइँचो नै लागेको थियो ।

सन् २०१३ देखि फेसबुकमा ‘टपलेस इन रियो’ अभियान चलाइरहेकी अना पाउला नोगुइराले यो अभियान ८ हजार महिलालाई विरोध प्रदर्शनमा सहभागी गराउने मात्र उद्धेश्यका लागि नभै महिलाको अधिकारको मामिलामा बहस सिर्जना गर्नु रहेको दाबी गरेकी छिन् ।

ब्राजिलको कानूनले महिलाहरुलाई कुनैपनि ठाउँ खासगरि समुद्री तटहरुमा समेत टपलेस हुनबाट रोक लगाएको छ । यदि कानून उल्लंघन गरि महिलाहरुले समुद्री किनारामा वक्षस्थल देखाएमा ३ महिनादेखि १ वर्षसम्मको जेल सजाय हुनसक्छ ।

पुरुषहरुले खुलखुल्ला नांगो छाति देखाउन पाउने तर महिलाहरुलाई बन्देज लगाएर विभेद गरिएको भन्दै कतिपय महिला अधिकारकर्मीहरुले विरोध जनाउने गरेका छन् ।

पछिल्लो टपलेस प्रदर्शनमा विभिन्न चर्चित मोडलहरु समेत सहभागि भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment