Comments Add Comment

४ जीबी र्‍यामसहित सामसुङले ल्याउँदैछ तिब्र गतिको ‘ग्यालेक्सी एस-६’

galaxy-s6

सामसुङको अर्को पुस्ताको ग्यालेक्सी एस स्मार्टफोन आगामी मार्च महिनामा सार्वजनिक हुने बताइएको छ । मार्चमा हुने मोबाइल वल्र्ड कंग्रेसमा सामसुङले ग्यालेक्सी एस सिक्स सार्वज्निक गर्ने अपेक्षा गरिएको छ ।

सामसुङको नयाँ स्मार्टफोन सार्वजनिक हुने भनिएको मिति नजिकिँदै गर्दा उक्त नयाँ फोनका विशेषता तथा गुणहरुका विषयमा समेत विभिन्न खाले अनुमान हुन थालेका छन् ।

दक्षिण कोरियाको पत्रिका के बेन्चले निकै विश्वस्त सुत्रको हवाला दिँदै सामसुङको ग्यालेक्सी एस सिक्स स्मार्टफोन ४ गिगाबाइट र्यामको साथमा आउन लागेको दाबी गरेको छ ।

एस सिक्स स्मार्टफोन ३ जिबीको हुने यसअघि विभिन्न समाचार माध्यमहरुले बताएकामा त्यसको विपरित दक्षिण कोरियाली संचार माध्यमले सामसुङको नयाँ स्मार्टफोनमा ४ जिबीको र्याम हुने जिकिर गरेको छ । यद्यपि सामसुङले ३ जिबी र ४ जिबी र्यामका दुई छुट्टाछुट्टै स्मार्टफोन बजारमा ल्याउने सम्भावना भएको टाइम्स अफ इण्डियाले बताएको छ ।

सामसुङले ल्याउने एस सिक्स ४ जिबी र्यामको पहिलो फोन भने हुनेछैन । एससले हालै आफ्नो ४ जिबीको जेनफोन २ स्मार्टफोन सार्वजनिक गरेको छ ।
बढि शक्तिशाली र्याम हुनुको मतलब यो फोनको गति तिब्र हुने र ६४ बिटको प्रोसेसरमा उत्कृष्ट कार्यसम्पादन गर्नेछ ।

ग्यालेक्सीको एस सिक्समा क्वाड एचडी डिस्प्ले हुनेछ, जुन २५६० गुणा १४४० पिक्सेलको हुनेछ । यसमा ६४ बिट एक्जीनोस ७४२० अर्थात् स्नापड्रागन ८१० प्रोसेसर रहने बताइएको छ ।

साथै यो स्मार्टफोनमा १६ वा २० मेगापिक्सेलको पछाडिको क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ । यसमा ३२, ६४ वा १२८ गिगाबाइट स्टोरेज हुनुका साथै ब्रोडकोमको नयाँ बीसीएम४७७३ सेन्सर चिप्स हुने बताइएको छ ।

ग्यालेक्सी एस सिक्स स्मार्टफोनलाई अहिलेसम्मकै सबैभन्दा उत्कृष्ष्ट ग्यालेक्सी एस स्मार्टफोन बनाउने लक्ष्यका साथ सामसुङले प्रोजेक्ट जेरो नामको परियोजना संचालन गरिरहेको छ, ग्यालेक्सी एस सिक्स निर्माणका लागि ।

ग्यालेक्सी एस-६ लाई पूराना स्मार्टफोनको पुनरावृत्तिको रुपमा नभै पूरै शुन्यबाटै सुरु गरेर नयाँ रुपमा स्मार्टफोनको रुपमा विकाश गर्ने लक्ष्य उसको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment