Comments Add Comment

रोष्टम घेर्दा कसले पठायो प्रचण्डलाई हँसाउने एसएमएस ?

८ माघ, काठमाडौं । संविधानसभामा नाराबाजी गरिरहेका बेला एमाओवादी अध्यक्ष प्रचण्डलाई रोष्टममै एसएमएस आइपुग्यो । उनले गोजीबाट मोबाइल झिकेर म्यासेज पढे ।

IMG_0414आफूले पढिसकेपछि उनले त्यो म्यासेज सभासद प्रेमबहादुर सिंहलाई देखाए र मुसुक्क मुस्कुराए । म्यासेज नआउँदासम्म उनको अनुहार सिरियस थियो, म्यासेज पढिसकेपछि उज्यालो देखियो ।

केहीबेरपछि उनले रोष्टम भित्रै बिभिन्न नेतालाई भेट्दै सन्देश सुनाए । प्रचण्डको सन्देश सुनेपछि बाबुराम भट्टराई, कृष्णबहादुर महरा, बिजयकुमार गच्छदार, महेन्द्र यादव लगायतका नेताहरु प्रशन्न देखिएका छन् ।

रोष्टममा उभिएर नाराबाजी गर्दैगर्दा प्रचण्ड हाँसेको आज पहिलो दिन चाँहि होइन । मंगलबार पनि उनलाई यसैगरी म्यासेज आएको थियो र उनी केहीबेर खित्कै छाडेर हाँसेका थिए । उनीसँगै अरु नेता पनि हाँसेका थिए ।

आखिर प्रचण्डलाई कसले के रोष्टम घेराउकै बेला म्यासेज पठाउँछ र उनी मुस्कुराउँछन् ? यो चाहिँ बुझ्न सकिएको छैन ।

मर्यादापालकको घेराभित्र रहेका बाबुराम भट्टराईले मर्यादापालकको घेरा तोड्न खोजे, तर अवरोध भएपछि उनी मर्यादापालकसँग केहीबेर रिसाए र पछि हटे ।

माघ ८ का दिने कुनै ठूलो गोलमाल हुने हो कि भन्ने धेरैलाई डर थियो, तर अहिलेसम्म त्यस्तो कुनै ठूलो घटना भइहालेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment