Comments Add Comment

गुरिल्ला नाच चलेसम्म संविधान बन्दैन : ओली

८ माघ, काठमाडौं । संविधानसभाभित्र घेराउ र नाराबाजी चलिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणको प्रक्रिया लम्बिने बताएका छन् ।

KP OLI

  • फाइल फोटो

करीव एक घण्टाको नाराबाजी हेरेर कडा सुरक्षाका बीच खाना खान बाहिरिएका ओलीले भने-‘भित्र गुरिल्लाहरुको नाच हेरिहाल्नुभयो, यो नाचगान रहेसम्म संविधान निर्माणको काम लम्बिन्छ ।’

ओलीले माओवादी संविधानसभामा रहेसम्म संविधान बन्न गाह्रो हुने बताउँदै आफूहरु अझै पनि उनीहरुलाई सम्झाई बुझाई गर्ने पक्षमै रहेको प्रतिक्रिया दिए ।

संविधानसभामा बैठक शुरु हुनुअघि नै एमाओवादी मोर्चा आवद्ध दलका सभासदहरुले सभाध्यक्ष अगाडिको वेल घेराउ गरिसकेका थिए ।

ओलीमाथि पहिलो दिनमै आक्रमण भएको र एमालेले थप सुरक्षा मागेका कारण संविधानसभा बैठक कक्षभित्रै पनि ओलीका लागि थप सुरक्षा प्रदान गरिएको संविधानसभा सचिवालय स्रोतले जनाएको छ ।

ओलीका लागि दुईजना मर्यादापालक शुरुदेखि नै उनको आशनसँगै सुरक्षार्थ तैनाथ गरिएको थियो । एमाओवादीका केही सभासदले ओलीमाथि फेरि पनि आक्रमण गर्ने धम्की दिएपछि सुरक्षा बढाइएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment