Comments Add Comment

छोरी पढाउन र बचाउन माधुरीको अपिल

madhuri-dixit
नायिका माधुरी दिक्षित ‘छोरी बचाउँ, छोरी पढाउँ’ अभियानकी सद्भावना दुत भएकी छिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २२ जनवरीदेखी यो अभियान सुरु गरेका छन् ।

सद्भावना दुत बनेपछि माधुरीले सिंगो भारतमा नै ‘छोरी बचाउँ, छोरी पढाउँ’ भनेर अपिल गर्ने भएकी छिन् ।
भारतको हरियाणामा छोरीमाथि सबैभन्दा धेरै बिभेद हुने गरेको छ ।

पहिलो चरणमा छोरीमाथि अन्याय हुने एक सय जिल्ला छनौट गरेर कार्यक्रम सुरु गरिएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।

हरियाणाको १२ जिल्लालाई पहिलो प्राथमिकतामा राखिएको छ । जहाँ भ्रुणहत्या धेरै मात्रामा हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment