Comments Add Comment

कुन देशका पुरुषहरु प्रेमका लागि सबैभन्दा लायक हुन्छन् ?

love
प्रेममा समर्पण, त्याग, इमान्दारिता तथा स्वार्थ र धोका भन्ने कुरा पनि के देशले फरक पार्छ र ? यो त मानिसको स्वभावमा भर पर्ने कुरा हो । एउटै देशका मानिस पनि कुनै प्रेममा सबैभन्दा धेरै इमान्दार हुनसक्छन् त कोही सबैभन्दा धेरै स्वार्थी र धोकेबाज । कुनै पुरुषप्रति महिलाको आकर्षण वा प्रेमभावको मापदण्ड पनि एउटै नहुन सक्छ । कोही महिलालाई एक प्रकारको व्यक्तित्व, स्वभाव र जिउडाल भएको पुरुष मन पर्छ भने अर्को महिलालाई अर्कै ।

एउटा देशमा एउटै स्वभाव, व्यक्तित्व, मनोभावना, रुपरंग भएका पुरुषहरु नहुने र महिलाहरुको रोजाइ पनि एउटै नहुने भएकाले कुन देशका पुरुषहरुलाई महिलाले बढि मन पराउँछन् भन्ने कुराको अड्कल काट्न गाह्रो हुन्छ । हालै भएको एक सर्भेक्षणले भने यो युरोपको कुन देशका पुरुषहरुलाई महिलाले प्रेमको लागि लायक ठान्छन् अर्थात् कुन देशका पुरुषहरु उत्तम प्रेमी हुन् ? भन्ने कुराको उत्तर खोजिदिएकेा छ ।

विवाह इतरको सम्बन्धको चाँजोपाँजो मिलाइदिने एक वेबसाइट AshleyMadison.com ले गरेको सर्भेक्षणले फ्रान्सका पुरुषहरु प्रेमका लागि महिलाहरुको पहिलो रोजाइमा परेका छन् । अर्थात् युरोपका अन्य देशको पुरुषहरुको तुलनामा समग्रमा फ्रेन्च पुरुषहरु सबैभन्दा बढि प्रेम गर्न लायक हुन्छन् ।

वेबसाइट प्रयोग गर्ने झण्डै १० हजार महिलाहरुमा गरिएको सर्भेक्षणका क्रममा हरेक सहभागी महिलालाई युरोपका हरेक देशका पुरुषहरुका प्रेम तथा यौन सम्बन्धि विभिन्न मामिलाका सम्बन्धमा मत दिन लगाइएको थियो । त्यसक्रममा युरोपेली पुरुषहरुको हँसिलो स्वभाव, व्यक्तित्व, रोमान्टिक छवि, सक्रियता तथा स्टामिना जस्ता मापदण्डहरुका आधारमा मूल्यांकन गराइयो ।

१० हजार महिलाहरुको मूल्यांकनबाट फ्रेन्च पुरुषहरु सबैभन्दा उत्तम, लायक तथा इमान्दार र सेक्सी ठहरिए । महिलाहरुको दोश्रो रोजाइमा स्पेनिस र स्विडेनका पुरुषहरु संयुक्त रुपमा छनोटमा परे ।

तेश्रो स्थान भने पोर्चुगलका पुरुषहरुले कब्जा गर्न सफल भए । चौथो स्थानमा इटालियन पुरुषहरु परे भने पाँचौँ रोजाइमा संयुक्त रुपमा बि्रटिस, जर्मन र डेनिस पुरुषहरु पर्न सफल भए ।

नेदरल्याण्ड तथा नर्वेका पुरुषहरु प्रेमको लागि लायकको सूचिमा छैटौँ स्थानमा परे । फिनल्याण्डका पुरुषहरु भने सातौँ स्थानमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment