Comments Add Comment

माइक्रोसफ्टले ल्यायो अहिलेसम्मकै ठूलो ८४ इन्चको ट्याबलेट

tablod 2
सामान्यतयाः ट्याबलेट भन्नासाथ स्मार्टफोन र ल्यापटवीचको साइजयुक्त ग्याजेट भनेर बुझिन्छ । यी ट्याबलेट ८ इन्चदेखि १२ इन्च साइजसम्म हुन्छन् । तर, माइक्रोसफ्ट कम्पनीले १०-१२ इन्च हैन पुरै ८४ इन्चको स्क्रिन भएको ट्याबलेट निर्माण गरेको छ जुन अहिलेसम्मकै ठूलो हो ।

आफ्नो नयाँ अपरेटिङ सिस्टम विन्डोज १० को सार्वजनिकीकरण समारोहमा माइक्रोसफ्टले ८४ इन्चको टचस्क्रिन स्क्रिनवाला फोर के डिस्प्ले भएको सर्फै हब नामक ट्याबलेट सार्वजनिक गरेको हो । यो ट्याबलेट माइक्रोसफ्टको नयाँ अपरेटिङ सिस्टम विन्डोज १० बाट चल्नेछ ।

माइक्रोसफ्टको यो भिमकाय ट्याबलेटमा मल्टी टच तथा मल्टी पेन सपोर्ट हुनुका साथै डुअल क्यामरा र अत्याधुनिक सेन्सर समेत रहेको छ । यो नयाँ ट्याबलेटलाई भित्तामा स्थापित गरि विभिन्न समारोह, मिटिङ हरुमा दृश्य साधनको रुपमा प्रयोगमा ल्याउन सकिन्छ ।
ipad
८४ इन्चको सर्भेस हब सार्वजनिक समारोहमा माइक्रोसफ्टले यो ट्याबलेटको स्क्रिनमा त्यसको पेनको सहायताले विभिन्न चित्र तथा नोटहरु तयार गरिएको र त्यसलाई स्काइपी कन्फेरेन्स कलमा आबद्ध सबै मानिसको बीचमा शेयर गरिएको देखाइएको थियो । त्यसक्रममा विन्डोज १० अपरेटिङ सिस्टममा भएका ठूलो स्क्रिनवाला ट्याबलेटकै लागि तयार पारिएका विभिन्न एपहरु समेत देखाइएको थियो ।

यो ट्याबलेटलाई डिजिटल ह्वाइट बोर्डको रुपमा प्रयोग गर्न सकिनुका साथै रिमोट कन्फ्रेन्सिङ सम्भव तुल्याउने छ । एकैपटक धेरै मानिसले आफ्नो ल्यापटप, ट्याब्लेट अर्थात् स्मार्टफोनबाट यसको स्त्रिmनमा भएका सामाग्रीहरु काटछाँट गर्न सक्छन् ।

माइक्रोसफ्टले यो ग्याजेटको मूल्य तत्काल तोकेको छैन । यद्यपि यो ट्याब्लेट व्यवसायिक प्रयोजनका ग्राहकहरुलाई लक्षित भएकाले केही महंगो हुने अनुमान गरिएको छ ।

माइक्रोसफ्टका अनुसार केही सानो आकारको ट्याब्लेट मन पराउनेहरुका लागि ५५ इन्चको ट्याबलेट समेत उपलब्ध हुनेछ ।- एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment