Comments Add Comment

अनुष्का ‘मिस टिन कलेज’ सुन्दरी

miss-teen-college
‘मिस टिन कलेज’को उपाधी काठमाडौ बाँसबारीकी १६ वर्षिया अनुष्का थापाले जितेकी छिन् । २१ जना प्रतियोगीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन् ।

चाँदबार स्कुलमा ११ कक्षामा पढ्दै गरेकी थापाले सो उपाधीसँगै ‘बेष्ट ड्रेस’को टाइटल पनि जितिन् । उनले पुरस्कार स्वरुप टिभिएस जुपिटर स्कुटर पनि पाएकी छिन्  ।

छोरीलाई शिक्षाको महत्वबारे सोधिएको प्रश्नको उत्कृष्ट जवाफ दिँदै अनुष्काले यो उपाधी जितेकी हुन् । सिजन मिडियाद्धारा आयोजित सो प्रतियोगितामा ‘फस्ट रनर अप’  बागबजारकी १७ वर्षिया रिजु जोशी र सेकेन्ड रनरअप जोरपाटी नारायणटारकी १९ वर्षिया प्रिया श्रेष्ठलेे हात पारिन् । पि्रयाले ‘भिवर्स च्वाइस’को उपाधीसँगै ‘मिस ट्यालेन्ट’को अर्को उपाधी जितेकी पनि जितिन् ।

प्रतियोगितामा ‘व्युटिफुल आईज’ सुजना रानाभाट, ‘फेसबुक मल्टिमिडिया’ निकिता श्रेष्ठ,  ‘अर्गनाईजर च्वाईस अवार्ड’ सुस्मा बिष्ट र ‘मिस पपुलर’को उपाधी स्मारिका थापाले हात पारे ।

यसैगरी ‘मिस डिसिप्लिङ’ सुनु तामाङ, ‘मिस फ्रेन्डसिप’ छिरिङ डोल्मा पाखि्रन, ‘बेष्ट वाक’ सुनिता श्रेष्ठ, र ‘मिस स्माइल’ निशा आचार्य, ‘मिस फोटोजेनिक’को उपाधी एञ्जिला राना र  ‘मिस पर्सनालिटी’को उपाधी सुष्मा बिष्टले हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment