Comments Add Comment

मगर संघ स्पेनको अध्यक्षमा पुन: बुद्ध थापामगर निर्बाचित

magar sang-spainबसन्त रानाभाट

बार्सिलोना । नेपाल मगर संघ स्पेनको पहिलो अधिबेशनबाट पुन: बुद्ध थापामगर अध्यक्षमा सर्बसम्मत निर्बाचित भएका छन्। बार्सिलोनामा सम्पन्न अधिबेशनले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै थापा मगरलाई पुनः निर्बाचित गरेको हो। संस्थाका महासचिब राजु थापा भने नयाँ कार्यसमितिमा उपाध्यक्ष चयन भएका छन् ।

यस्तै, अधिबेशनले अर्का उपाध्यक्षमा मान रोका मगर महासचिबमा सुबास थापा मगर, सचिवमा तपन रोका मगर, कोषाध्यक्षमा लक्ष्मी थापा मगर, सह–कोषाध्यक्षमा राजु सेरपुन्जा मगरलाई कार्यसमितिमा चयन गरेको छ ।

पहिलो अधिबेशनबाट सदस्यहरुमा प्रदिप रानामगर, राजेन्द्र सारुमगर, रुपेश राम्जलीमगर, भरत बुढामगर, दीपबहादुर पुनमगर र लेख पुनमगर चयन भएका छन्।

यस्तै सल्लाहाकार समितिमा महेन्द्र घर्तीमगर, सुनिल थापामगर र मदन आलेमगर रहेका छन् । संस्थाका नबनिर्बाचित उपाध्यक्ष राजु थापामगरले   प्रवासमा रहेका मगर दाजुभाई लगायत सम्पूर्ण स्पेनबासी नेपाली समुदायको हितमा संघ दृढताका साथ लागि पर्ने प्रतिबद्धता जनाएका छन् । अधिबेशन समापनसँगै स्पेनबासी नेपाली मगर समुदाय नेपाली गीत संगीतमा रमाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment