Comments Add Comment

बेलायतमा नेपाली भाषाको पठनपाठन आरम्भ

UK-nepali eduभोला बिक्रम राई

स्विन्डन । बिभिन्न पेशा ब्यवसाय तथा अध्ययनका लागि वेलायतमा बस्दै आएका नेपालीहरूको सन्ततिका लागि बेलायतको स्विन्डनमा नेपाली भाषा कक्षा सञ्चालनमा ल्याइएको छ ।

आफ्ना सन्ततिहरु माँझ नेपाली भाषा साहित्यको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले नेपाली समाज स्विन्डनले नेपाली भाषा पठनपाठन कक्षाको सुरुवात गरेको हो ।

नेपाली भाषा कक्षाको शनिवार Next Generation Swindon Sports & Fitness Centre मा समाजका अध्यक्ष राजन क्षेत्रीले रिबन काटेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रम संवोधन गर्दै उनले नेपाली भाषा कक्षाले स्विन्डनमा रहेका नेपालीहरुको भावी सन्ततिहरु माँझ नेपाली भाषा संरक्षण गरिरहन महत्वपूर्ण योगदान गर्ने उल्लेख गरे ।

UK-nepali edu-2समाजका उपाध्यक्ष तथा नेपाली भाषा कक्षा सन्चालन कोअर्डिनेटर बल्लव गुरुङले यो अभियानमा साथ दिने अभिभावक, बिद्यार्थीहरु तथा अन्य सबैलाई धन्यवाद दिए । सो अवसरमा समाजका सल्लाहकार तथा सन्चालक समितीका सदस्य भोला बिक्रम राईले यस्ता कक्षाले स्विन्डनमा रहेका नेपालीहरुका भावि पुस्ताहरु माँझ नेपाली भाषा बचाई राख्न महत्वपूर्ण योगदान दिने बताए ।

शिक्षिका नानु रानाले, छिट्टै बिद्यार्थीहरुको स्तर पहिचान गरी दुई वटा समूह बनाई पठनपाठन गरिने जानकारी दिइन् ।नेपाली भाषा कक्षामा ६ बर्षको बालकदेखि १५ बर्ष सम्मका ४० जना किशोर किशोरीहरु सहभागी रहेका छन् । कक्षाका शिक्षिकाद्वय सुमित्रा सुनार र नानु राना रहेका छन् ।

कार्यक्रममा समाजका स्पोर्ट कोअर्डिनेटर तथा कक्षा सन्चालन समितीका सदस्य राजु लिम्बु, सदस्य टंग राई “साईला”लगायतका अभिभावक उपस्थित थिए । समाजका सचिव खगेन्द्र गौचनले कार्यक्रम सन्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment