Comments Add Comment

सर्‍यो डीसीको चलचित्र, हल कम भएपछि सारेको तर्क

nita-and-aamesh
चैत्र २७ गते अन्य ३ चलचित्रसँग भिडन्त गर्नको लागि तयार भएको दीनेश डीसीको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ २ साता पछि सरेको छ ।

यो चलचित्र अब वैशाख ११ गते प्रदर्शनमा आउने निर्देशक डीसीले जानकारी दिएका छन् । आफूरुले पाउने हल नपाएपछि सर्नु परेको डीसीले बताएका छन् । उनले आफू नै चैत्र २७ को भिडन्तका लागि अन्तिममा गएको भन्दै हल नमिलेपछि वैशाख ११ गते सर्नु परेको बताए ।

निता ढुंगाना, आमेष भण्डारीको मुख्य भूमिका रहेको यो चलचित्र सरेपछि अब चैत्र २७ मा ‘हवल्दार सुन्तली र नाई नभन्नु ल ३’ मात्र प्रदर्शनमा आउने भएका छन् । चलचित्र ‘सेतो वाघ’ काठमाण्डौका केही मल्टिप्लेक्समा मात्र लाग्नेछ ।

वैशाख ११ गते चलचित्र ‘रेशम फिलिली’ आउने पहिले नै तय भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment