Comments Add Comment

डर्टी पोल्टिक्सले मल्लिकाको माग बढ्यो

mallika-serawat
हिन्दी चलचित्र ‘डर्टी पोल्टिक्स’ मा काम गरेपछि चर्चामा आएकी मल्लिका शेराबत अब रेखाको भुमिकामा देखिने भएकी छिन् ।

सन् १९९१ मा बनेको ‘फूल बने अंगारे’ को रिमेकमा मल्लिकाले मुख्य भुमिका निर्वाह गर्ने भएकी छिन् । उक्त फिल्ममा रेखाले एक प्रहरी अधिकारीको भुमिका निर्वाह गरेकी थिइन् ।

‘डर्टी पोल्टिक्स’मा सेक्सी स्वरुप प्रस्तुत गरेकी मल्लिकाले आफ्नो भुुमिका ग्लामर मात्रै नभएर चुनौतिपूर्ण भएको दाबी गरिन् । ‘यत्तिको भुमिका कमै नायिकाले मात्रै पाउँछन् जुन मैले पाएकी छु ।’ उनले भनिन् ।

पछिल्ल्ाो समय फिल्मबाट विमुख भएकी मल्लिकाले ‘डर्टी पोल्टिक्स’ रिलिज भए लगत्तै आफ्नो माग बढ्ने बताएकी छिन् । त्यसो त आगामी दिनमा सिमित फिल्ममा मात्रै काम गर्ने योजना रहेको दाबी गरिन् । केही सस्ता फिल्मले आफ्नो करिअर डामाडोल भएको बुझेकी मल्लिका फिल्ममा ग्लामर पस्किन भने नछाडने बताउँछिन् ।

बोल्ड छबीकै कारण दर्शकले आफुलाइ सम्भिmरहेको दाबी गर्ने यी नायिका दर्शकको माग अनुरुप पर्दामा प्रस्तुत हुने दाबी गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment