Comments Add Comment

गरिवका लागि घर बनाउँदै नायिका ऋचा शर्मा

richa‘टलकजंग भर्सेज टुल्के’ मा एउटा दुःखी माझीकी छोरीको भुमिका निर्वाह गरेकी छिन् ऋचा शर्माले । ब्यक्तिगत रुपमा आर्थिक कमजोरीको अनुभव नगरेकी ऋचा कमजोर आयस्तर भएकाका लागि सिर्जनात्मक काम गर्ने योजनामा छिन् । त्यसो गरिबीको रेखामुनी रहेका नागरिकको अवस्थाका वारेमा जानकारी राखेको बताउँछिन् ।

ह्याबिट्याट फर ह्युमनिटी नेपालको सदभावना दूत रहेकी यी नायिकाले एक वर्षदेखि सामाजिक काममा आफुलाई अनुबन्ध गराउँदै आएकी छिन् ।

‘हाम्रो संस्थाले गरिबीको रेखामुनी रहेकाहरुलाई एक स्तर माथी उठाउन सहयोग गर्छ । अहिले म त्यहि काम गर्दैछु ।’ अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन् ।

केही महिनाअघि चितवन र काभ्रेमा रहेका भुमिहिन किसानको लागि बाँसको घर बनाउन सहयोग गरेकी ऋचा भर्खरै सिंगापुर र इण्डोनेशियाका केही गाउँ घुमेर आईन् ।

आर्थिक रुपमा समृद्ध मानिने सिंगापुरका नागरिक सुखी भएपनि मलेशिया लगायतका मुलुकवाट आएकाहरुको दैनिकी कष्टकर देखिन् उनले ।

‘एउटै कोठामा सिंगै परिवार बस्दै आएका पनि भेट्यौ । उनीहरुका लागि अलिकति फराकिलो ठाउँको ब्यबस्था गर्‍यौं ।’ उनले भनिन् ।

इण्डोनेशिया नेपालजस्तै

एक हप्ताको टुरमा इण्डोनेशियाको केही ठाउँ घुम्दा उनलाई लाग्यो- नेपालसंग धेरै कुरा मिल्दो रहेछ इण्डोनेशियालीको । फुसको घर, कमजोर आयस्तर भएका मान्छे, लगभग नेपालकै जस्तै सडक ।

त्यस्तै कमजोर आयस्तर भएकाहरुका लागि काम गर्ने अभियानका लागि  उनी इण्डोनेसिया पुगेकी थिईन् । त्यहाँ रहेका केही सामाजिक संस्थाका अगुवा स्कुले विद्यार्थी समेत कार्यक्रममा सहभागी थिए ।

richa-ghar-banaudai
पोखरेलीलाई घर
पोखरामा रहेका भूमीहिनका लागि १ सय घर बनाउने योजना ह्याबिट्याट फर ह्युमनिटीले बनाएको छ । सन् २०२० सम्ममा नेपालभर यस्ताघर १० लाख बनाउने योजना छ । अब उनी सोही काममा लागि सक्रिय हुनेछिन् । पोखराको घर निर्माण च्यारिटी कार्यक्रम अन्तर्गत गरिने भएको छ । जुन काममा लागि नेपालीले जति पनि सहयोग गर्न सक्नेछन् ।

‘पोखरा हाम्रो पर्यटकीय गन्तब्य भएकाले धेरै मान्छे घुम्नका लागि जाने गरेका छन् । त्यसरी घुम्न जानेहरुलाई पनि सहयोगी बनाउने योजना बनाउँदै छौं ।’ उनले भनिन् ।

यही कामका लागि पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर पनि नेपाल आउने भएका छन् । भिसा गर्ल, उमा, टलकजंग भर्सेज टुल्के लगायतका फिल्ममा काम गरेकी ऋचाले उमा वाट क्रिटिक्स अवार्ड अन्तर्गत सर्वोत्कृष्ट नायिकाको अवार्ड पाएकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment