Comments Add Comment

‘स्केप’ ‘बास्केटबल डायरीज’ सकिएपछि सुरु हुने

escape
चलचित्र ‘स्केप’का कलाकार तथा निर्माता प्रदिप खड्काले आफ्नो चलचित्र हलिउड चलचित्र ‘बास्केटबल डायरीज’सँग मेल नखाने जनाएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले चलचित्रको ट्रेलर सार्वजनिक भएपछि यस्तो प्रतिक्रिया आएको भन्दै प्रष्ट पार्न आवश्यक भएको खुलाए ।

उनले ‘बास्केटबल डायरीज’ सकिएपछि आफ्नो चलचित्रको कथा सुरु हुने खुलाएका छन् । उनले ‘स्केप’लाई ‘बास्केटबल डायरीज’को दोश्रो भाग भनेका छन् ।

अधिकांश लागूपदार्थ दुव्र्यसनीका कथा उस्तै भएतापनि आफ्नो चलचित्रले फरक चित्रण गरेको दाबी उनको छ । लागूपदार्थ दुव्र्यसनीमा फसेर छुटेका एक यूवाको कथालाई यो चलचित्रले प्रस्तुत गरेको छ । चलचित्रमा प्रदिपको अलवा रिमा विश्वकर्मा मुख्य भूमिकामा छिन् । चलचित्रलाई अनन्त घिमिरेले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment