Comments Add Comment

सत्तारुढ दलका प्रमुख नेता श्रीमतीको कोट लगाएर जर्मनीमा

wife coatसत्तारुढ दलका एकजना वरिष्ठ नेता आफ्नी श्रीमतीको कोट लगाएर जर्मनीको भ्रमणमा गएको खबर अनलाइनमा भाइरल बनेको छ । जर्मनीको भ्रमणमा गएको बेला आफुले लगाएको जाडोमा लगाउने कोट आफ्नी श्रीमतीको रहेको उनी आफैले स्विकार गरेका छन् । विदेश भ्रमणमा जाँदा श्रीमतीको कोट लगाएर जाने ती नेताले देशकै बेइज्जत गरेको भन्दै विपक्षी दलका नेता कार्यकर्ता र सर्वसाधारणले पनि खिसिट्युरी गरिरहेका छन् ।

यो रोचक खबर हो, अपि|mकी मुलुक घानाको । घानाको सत्तारुढ नेसनल डेमोक्र्याटिक पार्टीका महासचिव जोहनसन असेडु केटियाले राष्ट्रपति महामासँगै गरेको जर्मनीको भ्रमणका बेला आफ्नी श्रीमती विडा असेडु केटियाको कोट लगाएर गएका घानाको ग्राफिक अनलाइनले जनाएको छ । उनले श्रीमतीको कोट लगाएको तस्वीरलाई विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुले महत्वका साथ प्रकाशित गरिरहेका छन् ।

आफुले लगाएको श्रीमतीको कोटका विषयमा तिब्र आलोचना भएको विषयमा एक रेडियोलाई अन्तरवार्ता दिँदै केटियाले आफुले लगाएको कोट महिलाले लगाउने कोट भएको भन्ने कुरा आफुलाई राम्रोसँग थाहा भएको बताए ।

आफ्नी श्रीमतीले क्यानडाबाट किनेर ल्याएको कोट आफुले लगाउँदा कुनै फरक नपर्ने आफुले ठानेको भन्दै उनले जर्मनीमा निकै चिसो रहेको र आफुसँग अर्को नयाँ कोट समेत नभएको हुँदा आफुले श्रीमतीको सोही कोट लगाएर जाने निर्णय गरेकेा बताएका छन् । आफु जम्मा ३ दिनका लागि मात्र जर्मनीमा गएको र जर्मनीमा गएर नयाँ कोट किन्न समेत आवश्यक नरहेको हुँदा श्रीमतीकै कोट रोजेको उनको प्रष्टिकरण छ ।

आफुलाई विपक्षी नेताहरुले ड्रेस सेन्स नभएको भनि आलोचना गरेको विषयमा जवाफ फर्काउँदै उनले आफुले कोट किन्नका लागि राज्यकोषको पैसा खर्च गरेर लाजमर्दो काम नगरेको बरु श्रीमतीकै कोटले काम चलाएको बताए ।
जनरल लामखुट्टेको नामले समेत चिनिने केटियाले यो विषयमा हँसिमजाक गर्न सकिने भएपनि आफु जर्मनीमा फेसन शो को लागि नभै काम गर्न गएको हुँदा श्रीमतीको कोट लगाएको विषयलाई हाँसोमा उडाउनु आवश्यक नरहेको प्रतिक्रिया दिएका छन् ।

आफुलाई जर्मनकीका नेताहरु कसैले पनि श्रीमतीको कोट लगाएर आयौ भनेर नभनेको तर आफ्नो देशमा बढि होहल्ला भएको देख्दा अचम्म लागेको उनको भनाइ छ ।
घाना भाइब्स वेबसाइटसँगको कुराकानीले उनले भनेका छन्,’मैले छाति ठोकेर भन्न सक्छु की नयाँ फेसन ट्रेण्ड भित्राउने राजनीतिक दलको एकमात्र प्रमुख नेता मै हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment