Comments Add Comment

महिला-माथि हुने आसनमा लिंग भाँचिने खतरा उच्च

AH1GHT
आफ्नो प्रेम तथा रोमान्सलाई रोमान्चक र जल्दोबल्दो बनाउनका लागि सहवासका बेला विभिन्न प्रयोग गर्नुहुन्छ होला । तर यस्ता प्रयोगहरु गर्दा पर्याप्त सावधानी अपनाइएन र केही सामान्य लापरवाही भयो भने समेत त्यसबाट ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।

परम्परागत सम्भोगको आसन भनेको पुरुष माथि र महिला तल हुने आसन हो । तर सहवासमा बढि आनन्द प्राप्तिका लागि भन्दै महिला माथि तथा पुरुष तल हुने आसनको प्रयोग समेत गरिन्छ । वुमन अन टप अर्थात् काउगर्ल पोजिसन भनिने यस्तो आसन सम्भोगमा महिलाका लागि आनन्ददायी त होला तर पुरुषका लागि भने सबैभन्दा खतरनाक हुने अध्ययनले देखाएको छ ।

महिला माथि हुने आसनमा सम्भोग गर्दा पुरुषको लिंगमुण्ड भंग हुने अर्थात् लिंगको टाउकोमा चोट लाग्ने खतरा उच्च हुन्छ ।

शोधकर्ताहरुले लिंगमुण्ड भाँचिने वा चोट लाग्ने घटनाका विभिन्न कारणहरुका बारेमा गरेको अध्ययनका क्रममा लिंगको टाउकोमा चोट लाग्ने वा भाँचिएका घटनामध्ये ५० प्रतिशत काउ गर्ल आसनमा सम्भोग गर्दाको बखत भएको पाइएको छ ।

महिला माथि हुने सम्भोग आसन लिंगका लागि खतरनाक भएको र त्यस क्रममा लिंगमा चोट लाग्ने जोखिम ५० प्रतिशत हुने भन्दै शोधकर्ताहरुले यस्तो आसनको सहवासमा होसियार हुन सल्लाह दिएका छन् ।

काउगर्ल आसनपछि लिंगमा चोट लाग्ने अर्को खतरनाक आसन भनेको डगी स्टाइल अर्थात् कुकुर आसन हो । यो शैली अबलम्बन गरेर सम्भोग गर्दा लिंगमा चोटको खतरा जम्मा २९ प्रतिशत पाइएको छ । पुरुष माथि हुने सम्भोग आसन सबैभन्दा सुरक्षित देखिएको छ । लिंगमुण्डमा चोट लागेका मध्ये केवल २१ प्रतिशत पुरुषमा यस्तो आसनको सम्भोगबा बेला दुर्घटना भएकेा पाइएको छ ।

लिंग उत्तेजित भएको र तानिएको अवस्थामा सहवासका बेला महिलाको पूरै भार पुरुषको सरीर र अझ लिंगमाथि हुँदा त्यसले लिंगमा ठूलो दबाब सिर्जना गर्ने र चोट पूराउने जोखिम उच्च हुन्छ । महिला चरमउत्कर्षमा पुगेको बेला बढ्ने दबाबले पुरुषको लिंगमा अझै ठूलो क्षति पूराउने जोखिम रहने शोधकर्ताहरुको भनाइ छ । तर पुरुष माथि हुने सम्भोग आसनमा पुरुषले आफ्नो गुप्तांगमा कुनैपनि दबाब महसुस हुने बित्तिकै तत्कालै लिंग बाहिर निकाल्न सम्भव हुने भएकाले दुर्घटनाको जोखिम कम हुन्छ ।

ब्राजिलको क्याम्पिनसस्थित विभिन्न ३ वटा अस्पतालमा पछिल्लो १३ वर्षमा गरिएका लिंगमुण्ड भंग सम्बन्धि समस्याको शल्यक्रियाका दौरान शोधकर्ताहरुले तथ्य संकलन गरेका हुन् । त्यसक्रममा ४२ वटा यस्ता दुर्घटना पीडित पुरुषहरुको उपचार गराइएको थियो । त्यसक्रममा आधाजसोले लिंग दुख्नु अगाडि सहवासका बेला भाँच्चिएको आवाज सुनेको बताए । कतिपयले भने लिंग सुन्निन थालेपछि मात्र आफुलाई दुख्न सुरु भएको बताए ।
टेलिग्राफ अनलाइनका अनुसार लिंग भाँच्चिएर उपचारमा आएका ४२ जनामध्ये २८ जनाले महिलासँगको सम्भोका बेला दुर्घटना भएको बताए भने अन्य ४ जनाले समलिंगी यौन सम्पर्कका बेला त्यस्तो भएको बताए । ६ जनाले भने आफु एक्लैले लिंगमाथि खेलवाड गर्दा दुर्घटना भएको बताए । अन्य चारजनाको दुर्घटनाको कारण भने पत्ता नलागेको शोधकर्ताहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment