संजय अधिकारी
घामका रङगीन टुक्राहरु,
सिसाको झ्याल बहिर घामकिरिहरु उड्दैछन ।
म आजकल सपनाको चित्र कोर्न खोज्छु ।
जीवन
गौथलिको गूड् जस्तै पुरानो हुँदैछ ।
सुन्य रातमा बज्ने लाटोकोसेरोको संगीत
एउटा बैरागी धून पोखेर जान्छ ।
फेरि पनि म बितिरहन्छु उसैगरी
त्यही एक कप कालो चिया जस्तै चिसिदै ।
मेरा शब्दमा गाजिएका एक जोडा गहिरा आँखाहरु
सुन,
अब मैले बतास सँग बात मार्नु पर्छ ।
बसन्तको छाया नयाँ पालुवाहरुमा खस्दैछ,
धुलो उड्ने मौशमले एउटा रोमान्टीक कथा रचेर जाला ।
अँध्यारो उज्यालो अनी उज्यालो अँध्यारो
र, त्यसै त्यसै गरी
बाफ उडीरहेको एक कप कालो चिया जस्तै ।